डोटीलाई जेठभित्र साक्षर जिल्ला घोषणा गरिने

डोटीलाई जेठभित्र साक्षर जिल्ला घोषणा गरिने

डोटी : जेठ मसान्तभित्र डोटी जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा गर्ने स्थानीय तहका प्रमुखले प्रतिबद्धता गरेका छन्। जिल्लाका सबै स्थानीय तहलाई जेठभित्र पूर्ण साक्षर घोषणा गर्ने स्थानीय तहका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका हुन्।

गाउँपालिकालाई साक्षर घोषणा गर्नका लागि आफ्नो गाउँपालिका तयार रहेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। अध्यक्ष बोगटीले भने, 'हामी सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि हरसम्भव प्रयासमा छौं, ०७६ साल जेठ महिनाभित्र पूर्ण साक्षर गाउँपालिका बनाउँछौँ।'

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकारका प्रमुखले आ-आफ्ना गाउँपालिका पूर्ण साक्षर हुने अवस्थामा रहेकाले केही बाँकी काम तत्काल गर्ने प्रतिबद्धता व्यक्त गरे।

साक्षर नेपाल, सम्बृद्ध नेपाल, खुसी नेपाली भन्दै सरकारले नेपाललाई २०७६ भित्र पूर्ण साक्षर राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गहेन्द्र गौतमले बताए।सरकारको लक्ष्यअनुसारको स्थानीय सरकारको पनि प्रतिबद्धता आएको छ, आफूहरु पनि उत्साहित भएको उनले बताए।

गाउँपालिकालाई साक्षर बनाउनका लागि सबै संयन्त्र परिचालन गरेर काम गर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। अध्यक्ष गड्सिलाले भने, 'हामी आमा समूह महिला बालक्लब सबै परिचालन गर्छौं, एक व्यक्तिले एक व्यक्ति साक्षर गर्ने कार्यक्रम नै अघि सार्छौं, कार्यक्रम केही हतारमा गर्नुपर्ने देखियो तर सरकारले लक्ष्य भेटिने गरी हामी काम गर्छौं।'

शिक्षा क्षेत्र व्यवस्थित नहुँदा काममा समस्या भएको शिखर नगरपालिकाका मेयर सिताराम जोशीले बताए। मेयर जोशीले नेपालमा सबैभन्दा बढी शिक्षा क्षेत्रलाई सरकारले अस्तव्यस्त पारेको छ। त्यहीभएर पनि यो व्यवस्थित संचालन गर्नेगरी ऐन निर्देशिका तयार गर्नुपर्ने बताए।

सरकारले निर्धारण गरेका मापदण्ड आफ्नो गाउँपालिकाका सबै नागरिकले पूरा गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। अध्यक्ष डुम्रेलले भने,' सरकारले साक्षर हुनका लागि तयार गरेका १२ मापदण्ड भित्र मेरो गाउँपालिकाका सबै नागरिक आउँछन् त्यसैले हाम्रो गाउँपालिका पनि तयार छ।'

सरकारको लक्ष्यअनुसार साक्षर जिल्ला घोषणा गर्नका लागि आफू तयार रहेको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए। नेपालका ४८ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् भने २९ वटा बाँकी रहेको शिक्षा तथा मानव स्रोत विकास विभागले जानकारी दिएको छ। 

साक्षर मान्नका लागि सरकारले १२ वटा सूचक निर्धारण भएकाले उक्त सूचक पूरा भएका सबैलाई साक्षर मान्ने सरकारले नीति ल्याएको छ। डोटी जिल्लामा ९१ प्रतिशत नागरिक साक्षर रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अनन्तकुमार पौड्याले जानकारी दिए।

सामान्य अक्षर चिन्न र पढ्न सक्ने, बिलको रकम चिन्न तथा मोबाइल चलाउन जान्ने जस्ता मान्छेलाई साक्षर भएको मान्ने सरकारको नीति रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.