रित्ता छन् शिक्षाका महाशाखा

रित्ता छन् शिक्षाका महाशाखा

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षाअन्तर्गत पाँच वटा महाशाखामध्ये अहिले अधिकांश रित्तो छन्। महाशाखामा सहसचिव नभएपछि शिक्षा प्रशासनसँग सम्बन्धित थुपै्र काम रोकिएका छन्।

मन्त्रालयका उच्च शिक्षा महाशाखा तत्कालीन सहसचिव देवकुमारी गुरागाईं सचिवमा बढुवा भएपछि एक महिनादेखि खाली छ। गुरागाईं अहिले निर्वाचन आयोगमा सचिव छिन्। यो महाशाखाले उच्चशिक्षा, वैदेशिक अध्ययन अनुमति, शैक्षिक परामर्श तथा प्रमाणीकरण, छात्रवृत्तिलगायत विषयसँग सम्बन्धित काम गर्नुपर्छ। यो महाशाखाअन्तर्गत उपसचिवको नेतृत्वमा पाँच शाखा छन्।

मन्त्रालयको सबैभन्दा शक्तिशाली तथा महत्त्वपूर्ण जिम्मेवारी रहेको योजना तथा अनुगमन महाशाखा पनि रित्तो नै छ। महाशाखाका सहसचिव तथा मन्त्रालयका प्रवक्तासमेत रहेका वैकुण्ठप्रसाद अर्याल थाइल्यान्ड भ्रमणमा छन्। उनी दिगो विकास लक्ष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ गएका हुन्। उनी शनिबार मात्र फर्कने शिक्षा सचिव खगराज बरालले जानकारी दिए। यो महाशाखाअन्तर्गत योजना तथा बजेट, विकास सहायता, अनुगमन तथा मूल्यांकनलगायत शिक्षामा सञ्चालित थुपै्र कार्यक्रमको समीक्षा र मूल्यांकन गर्नुपर्छ।

मुलुकभर रहेका सरकारी र निजी लगानीका ३५ हजार विद्यालयको नियमन तथा सुशासनसँग सम्बन्धित काम गर्ने विद्यालय शिक्षा महाशाखा पनि खाली नै छ। यो महाशाखाका सहसचिव कृष्णप्रसाद काप्री फ्रान्स गएका छन्। उच्चशिक्षासम्बन्धी सम्मेलनमा भाग लिन उनी त्यता गएका हुन्। उनी अझै एक साता उतै रहने बरालले बताए।

जिम्मेवार व्यक्ति नभएपछि मन्त्रालयका काम प्रभाावकारी बन्न सकेका छैनन्।

यो महाशाखा अन्तर्गत पनि प्रारम्भिक बालशिक्षा तथा विद्यालय पोषण, विद्यालय शिक्षा, पुस्तकालय समन्वय तथा अभिलेखलगायत पाँच वटा शाखा पर्छन्। मन्त्रालयकै प्रशासन महाशाखाका सहसचिव दीपेन्द्र काफ्ले पनि भर्खरै राष्ट्रिय महिला आयोग सरुवा भएका छन्।

जिम्मेवार व्यक्ति नभएपछि मन्त्रालयका काम प्रभाावकारी बन्न सकेका छैनन्। सहसचिव खाली रहेका महाशाखाबाट हुनुपर्ने केही काम प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाबाट भएका छन्। ‘मकहाँ आएका सेवाग्राहीको काम गरेर पठाउने गरेको छु’, महाशाखाका सहसचिव डा. हरिप्रसाद लम्सालले भने।

सचिव बरालले भने सहसचिव नहुँदा दैनिक कार्य सम्पादनमा खासै समस्या नआएको दाबी गरे। ‘कहिलेकाहीँ यस्तै संयोग पर्दो रहेछ। उपलब्ध कर्मचारीबाट दैनिक काम सम्पादन गरिरहेका छौं’, उनले भने।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि स्वास्थ्यमा समस्या आएपछि एक साता अस्पताल बसेका थिए। उनी अहिले निवासमै बसेर बैठक तथा समसामायिक विषयमा निर्णय गरिरहेका छन्। एक सातापछि उनी पहिलो पटक बुधबार हिमालय होटलमा आयोजित एक कार्यक्रममा सहभागी भए। कार्यक्रममा छोटो अवधि बसेर मन्तव्य दिएपछि उनी मन्त्री निवास फर्केका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.