उद्योग धान्ने आधा आकाश

उद्योग धान्ने आधा आकाश

काठमाडौं : नेपाली फिल्मको निर्माण संख्यात्मक रूपले मात्रै बढेको छैन त्यहीअनुसार त्यसको बजेट र कलाकारको पारि श्रमिक पनि वृद्धि हुँदै गइरहेको छ। केही वर्षअघिसम्म ४०, ५० लाखको बजेटमा बन्ने नेपाली फिल्मको बजेट अहिले बढेर दुई, तीन करोडसम्म पुगेको छ। यस्तै एक, दुई लाखमा फिल्म खेल्ने नायक नायिकाको पारि श्रमिक पनि अहिले धेरै गुणा बढेको छ।

जुन अनुपातमा नायकको पारि श्रमिक बढेको छ त्यसको अनुपातमा नायिकाको पारि श्रमिक भने बढ्न सकेको छैन। तर, सीमित केही यस्ता नायिका छन् जसले आफ्नो पारि श्रमिक मात्रै गहकिलो बनाएका छैनन् उद्योगलाई नै लिड गरिरहेका छन्। स्वदेशी तथा विदेशी भूमिमा हुने छायांकनमा उनीहरूकै वर्चस्व देखिएको छ भने आफ्नो फिल्म फ्लप हुँदा पनि चर्चाको शिखरमा उभ्याउन सफल भएका छन्।

छोटो समयमा आफूलाई स्टारको अघिल्लो सूचीमा राख्न सफल भएकी नायिका हुन्् साम्राज्ञी राज्यलक्ष्मी शाह। भुवन केसीको खोजका रूपमा फिल्म ड्रिम्सबाट उद्योगमा स्थापित गराएकी उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन। उनी अभिनीत फिल्म हिट हुन् या फ्लप उनको डिमान्ड उद्योगमा दिनप्रतिदिन बढ्दै गएको छ।

पछिल्लो समय इन्टु मिन्टु लन्डनमा हुँदै मारुनीसम्म आइपुग्दा साम्राज्ञी उद्योगकी सबैभन्दा धेरै पारि श्रमिक लिने नायिकाको रूपमा चर्चामा छिन्। उनले मारुनीमा १५ लाख पारि श्रमिक लिएको चर्चा छ। तर, अझैसम्म पनि नायकनायिका आफ्नो पारि श्रमिकबारे खुलेर बताउन भने चाहँदैनन्।

सुदर्शन थापा निर्देशित फिल्म मेरो एउटा साथी छबाट चर्चामा आएकी नम्रता श्रेष्ठले पनि उद्योगलाई धेरै हिट फिल्म दिएकी छन्। व्यावसायिक हिसाबले हिट नभएका उनी अभिनीत फिल्म पनि विभिन्न कारणले चर्चामा रहे।

ग्ल्यामर रोलमा होस् या ग्रामीण भूमिका सबैखाले रोलमा नम्रताले आफूलाई अब्बल साबित गरिन्। पर्व, नोभेम्बर रेनजस्ता फिल्म हुन् वा पछिल्लो समय प्रदर्शनमा आएको प्रसाद सबैखाले रोलमा उनले न्याय गरेकी छन्। आफैं स्क्रिप्ट पढेरमात्रै फिल्म साइन गर्ने उनी कथाको हिसाबमा भने निकै चुजी छिन्।

मिस टिननामक सुन्दरी प्रतियोगिताबाट ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी प्रियंका कार्की अहिले फिल्म उद्योगकी रुचाइएकी नायिकामा पर्छिन्। फिल्ममा मात्रै होइन म्युजिक भिडियोमा पनि उनको डिमान्ड निकै छ। सहज रूपमा सेटमा प्रस्तुत हुने र ट्यालेन्टेड भएका कारण प्रियंका निर्माता निर्देशकको रोजाइमा पर्ने गरेकी छ। छक्का पञ्जाको सिरिज तथा चंगा चेटसम्म आइपुग्दा उनले निर्माताको गोजी मात्रै बलियो बनाइदिएकी छैनन् आफ्नो कमाइ पनि लोभलाग्दो बनाएकी छन्।

नेपाली फिल्म उद्योगमा फरक अभिनय क्षमताका कारण चर्चामा रहेकी अर्की नायिका हुन् ऋचा शर्मा टलकजंग भर्सेस टुल्केमा उनले निर्वाह गरेको फुलीको रोल होस् वा फिल्म उमामा उनले खेलेको माओवादी छापामारको भूमिका नै किन नहोस् उनले सबैमा न्याय गरेकी छन्। आफैंले निर्माण गरेको पछिल्लो हरर फिल्म सुनकेशरीमा पनि उनको अभिनयको चर्चा भयो भलै यो फिल्म बक्स अफिसमा सफल हुन सकेन तर पनि यसले चर्चा भने राम्रै पायो।

उद्योगमा अहिले दुई वर्ष अर्थात्, वर्षा राउत र वर्षा शिवाकोटी पनि चलेका नायिकामा पछन्। यस्तै आफ्नो सरल स्वभाव र बौद्धिकताका कारण निर्माताको रेजाइमा पर्ने नायिका हुन् केकी अधिकारी। उनले अभिनय गरेका फिल्मले बक्स अफिसमा खासै कलेक्सन गर्न नसके पनि उनले राम्रा ब्यानरका फिल्म पाइरहेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.