प्याराग्लाइडिङ दुर्घटनामा चिनियाँ पर्यटक घाइते

प्याराग्लाइडिङ दुर्घटनामा चिनियाँ पर्यटक घाइते

पोखरा : पोखरामा बिहीबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना चिनियाँ पर्यटक घाइते भएका छन् ।

अन्नपूर्ण हिमश्रृंखला, फेवा ताल र पोखरा बजारको दृश्यावलोकनका लागि पोखराको सराङकोटबाट पर्यटक लिएर उडेको टेण्डम फ्लाइट रुखमा ठोक्कर खाइ दुर्घटना हुँदा टाङ फुरोङ नामकी ४५ वर्षीया चिनियाँ नागरिक घाइते भएकी हुन् ।

प्रहरीका अनुसार हिमालयन फ्रन्टीएर कम्पनीबाट भएको टेण्डम फ्लाईट प्यारापाइलट महेन्द्र नेपालीले चलाएका थिए ।

प्यारापाइलट नेपालीलाई सामान्य चोट लागेको र घाइते चिनियाँ पर्यटकको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । दुर्घटनाको थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

चिनियाँ पर्यटकलाई खुट्टामा चोट लागेको र उनको उपचार भइरहेको हिमालयन फ्रन्टीएर कम्पनीका संचालक शैलेन्द्र राउतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.