एसईई : प्रश्‍नपत्र बाहिरिएपछि प्रदेश २ को सामाजिक विषयको परीक्षा रद्ध

एसईई : प्रश्‍नपत्र बाहिरिएपछि प्रदेश २ को सामाजिक विषयको परीक्षा रद्ध

जनकपुर : जारी एसईई अन्तर्गत प्रदेश २ मा 'अनिवार्य सामाजिक अध्ययन' विषयको प्रश्‍नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टि भएको छ। शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्मा प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन् ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि आजको  परीक्षा स्थगित गरिएको शर्माले जानकारी दिए । आजको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको उनले बताए । 

विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको थियो।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्‍नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको थियो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख प्रमुख शंकरराज लुईँटेलले पनि प्रश्नपत्र बाहिरिएकाले सामाजिकको परीक्षा संचालन नभएको तर प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रुपमा भइरहेको जानकारी दिए।

परीक्षा रद्द भएपछि विद्यार्थी र अभिभावकहरु मानसिक तनावमा परेका छन् भने राज्यलाई समेत करौडौंको व्ययभार थपिएको छ। प्रदेश २ मा ७० हजार पाँच सय ६८ परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा नियन्त्रक विष्णु अधिकारीका भनाइ छ। प्रश्नप्रत्र कुन केन्द्रबाट बाहिरिएको भन्ने खुलेकाे छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.