ताला लगाउनेलाई कारवाही नभएसम्म काम नगर्ने वडाअध्यक्षको चेतावनी

ताला लगाउनेलाई कारवाही नभएसम्म काम नगर्ने वडाअध्यक्षको चेतावनी

सन्धिखर्क : सन्धिखर्क नगरपालिका-१२ को वडा कार्यालयमा ताला लगाउनेलाइ कानुनी कारवाही नभएसम्म आफूले काम नगर्ने वडाअध्यक्ष नारायण खड्काले बताएका छन्।बुधबारदेखि वडाकार्यालयबाट हुने सबै काम रोकिएको छ।वडाकार्यालयबाट नियमित काम नहुँदा सेवाग्राही मर्कामा परेका छन्। 

ताला के कारणले लगाइयो र किन खोलियो, यसबारे एकिन नभएकाले तालाबन्दी गर्नेलाई कारवाही नगर्दासम्म आफूले कामकाज नगर्ने बताएका छन्।

सस्तो लोकप्रियता बटुल्ने उद्देश्यले गरिएको यो कार्यले आफूलाई दु:खी बनाएको उनको भनाई छ।वडा कार्यालयले जनचासोको विषयमा आफूखुसी गरेको तथा बजेट विनियोजन सही तरिकाबाट नभएको भन्दै दुईजना वडासदस्यको सहभागीतामा नेकपाका कार्यक्रताले वडाकार्यालयमा तालाबन्दी गरेका थिए।

खड्का नेपाली कांग्रेसबाट वडाअध्यक्षमा जितेका थिए।ताला लगाउने कार्यमा नेकपाका दुईजना सदस्य पनि छन्।वडाकार्यालय झेंडीमा बुधबार बिहान लगाइएको ताला सोही दिन बेलुका खोलिएको थियो। 

खड्का नेपाल तरुण दलका पनि जिल्ला अध्यक्ष रहेका छन्। अध्यक्ष खड्काले वडा स्वास्थ्य क्लिनिकमा कर्मचारी नियुक्त गर्दा सम्पूर्ण विधि र प्रक्रिया पूरा गरिएको बताउँदै बिनाकारण आफू र वडावासीमाथि गरेको प्रहार आफूलाई असहृय भएको भन्दै उनले तालाबन्दी गर्नेलाई कारवाही नगर्दासम्म आफूले कामकाज नगर्ने खड्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.