आफू बस्ने ठाउँ आफैं सफा गर्न अभियान
काठमाडौं : काठमाडौं महानगरपालिका–३२, तीनकुने, सुविधानगरका टोलबासीले आफ्नो टोल आफैं सफा गर्ने अभियानको सुरुवात गरेका छन्। ‘आफ्नो घर टोल वरिपरि, बसौं सफा गरी' भन्ने नाराकासाथ शनिबारबाट सरसफाई अभियान सुरु गरेका हुन्। सामुदायिक विकास समितिको अगुवाइमा सफाई सुरु गरिएको हो ।
_20190330031507.jpg)
सामुदायिक विकास समितिकी अध्यक्ष सुमित्रा कडरिया खरेलले अनौपचारिकरुपमा पनि टोलको सरसफाई गरि नै रहेको र अबदेखि नियमित रुपमा सरसफाई कार्यक्रम गरिने जानकारी दिइन्। उनले आवश्यकता अनुसार महिनामा एक वा दुई पटक सरसफाई अभियान सञ्चालन गर्ने बताइन्।
सरसफाई अभियानमा महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल, सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीलगायत कर्मचारी, सुरक्षाकर्मी र थुप्रै टोलबासीहरु जुटेका थिए।
_20190330031527.jpg)

_20190330031507.jpg)
प्रतिक्रिया दिनुहोस !