बारामा आक्रोशित विद्यार्थीको घेरामा प्रहरी कार्यालय, स्थिति नियन्त्रणबाहिर

बारामा आक्रोशित विद्यार्थीको घेरामा प्रहरी कार्यालय, स्थिति नियन्त्रणबाहिर

बारा : प्रदेश २ मा एसईई परीक्षा स्थगीत भएको विरोधमा बाराको जितपुरमा विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । आक्रोशति विद्यार्थीको प्रदर्शन नियन्त्रण बाहिर रहेको छ । विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा गरिरहेका छन् । 

प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रहरीको प्रयास सफल हुन सकेको छैन् । एसईई परीक्षा स्थगीत भएको विरोधमा शनिबार बिहान विद्यार्थीहरु सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाई सडक खोल्ने प्रयास गरेपछि झडप सुरु भएको हो ।

 स्थिति नियन्त्रणबाहिर जान थालेपछि जितपुर–सिमारा उपमहानगर पालिकाका मेयर डा कृष्ण पौडेलले प्रमुख जिल्ला  अधिकारीसँग समन्वय गरी समस्या समाधानको प्रयास गरिरहेको जानकारी दिएका छन् । दुई घण्टादेखि निरन्तर झडप भइरहेको छ । झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र एक प्रहरी घाइते भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.