जनकपुरमा नेपाल लोक स्टारको अडिसन
जनकपुरधाम : नेपाल लोक स्टारको जनकपुरमा अडिसन भएको छ। रारा बहुमुखी क्याम्समा आयोजित अडिसनमा लोकसंगीतमा रुची राख्ने युवायुवती सहभागी भए।
नेपालको सांगीतिक क्षेत्रकै सबैभन्दा ठूलो रियालिटी शोको अडिसनले गीतसंगीतमा रुची राख्नेहरुले ठूलो मञ्च पाउने छन्। मुलुकभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शो को कार्यक्रम एपीवान टेलिभिजनबाट प्रशारण हुनेछ।
जनकपुरको अडिसनमा आश लाग्दा गायन प्रतिभा भेटिएको नेपाल लोक स्टारका निर्देशक सुरेश पौडेलले जनाए।
पाँच घण्टासम्म चलेको अडिसनमा युवा प्रतिभाले लोक गीतका साथै मैथिली कला र संस्कृतिका गीतहरू गाएका थिए। अडिसनको मुख्य निर्णायक चर्चित लोक गायक जयनन्द लामा, सुनिता दुलाल, राजमजी खाँड, बीबी अनुरागीको उपस्थितमा जनकपुरमा अडिसन सकिएको हो।
धनगढी, सुर्खेत बुटवल, पोखरा, इटहरीमा नेपाल लोक स्टारका अडिसन सक्दै शनिबार जनकपुरमा उपत्यका बारिहको अन्तिम अडिन आयोजना गरिएको थियो। काठमाडौंमा आउँदो चैत्र २३ गते अन्तिम अडिसन हुने छ।
देशभरबाट छानिएका करीब चार सय बढी प्रतिभाहरूको प्रतिस्पर्धा आउँदो जेठ २५ गतेदेखि एपीवान टेलिभिजनमा हप्ताको दुई दिन शनिबार र आइतबार राति साढे ८ बजे प्रशारण हुने छ।
‘नेपाल आइडल जस्तै लोक गीतले नेपाल लोक स्टारको रियालिट शोबाट ठूलो मञ्च पाउने छ,’ निर्देशक पौडेलले भने।
नेपाल लोक स्टारको शीर्ष उपाधि जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !