सहिद स्मृति राष्ट्रिय फुटबलको उपाधि मकवानपुरलाई

सहिद स्मृति राष्ट्रिय फुटबलको उपाधि मकवानपुरलाई

हेटौंडा : दोस्रो संस्करणको सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर–११ ले जितको छ। शनिबार हेटौंडा–१० स्थित वन विज्ञान संस्थानको मैदानमा भएको फाइनलमा अफ्रिकी टोली दाउफिन्सलाई २–१ गोलले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो।

मकवानपुरको जितमा दुवै गोल योगेश गुरुङले पेनाल्टीमार्फत गरेका थिए। पहिलो हाफको पाँचौं मिनेटमै दाउफिन्सले गोल गर्दै अग्रता लिए पनि त्यसलाई उल्ट्याउँदै मकवानपुरले उपाधि जित्यो। मकवानपुरले नवौं मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो। खेल बराबरी भएपछि रौनक बढेको थियो। ८२औं मिनेटमा योगेश गुरुङले गोल गर्दै घरेलु टोलीको जित पक्का गरेका थिए। दाउफिन्सका यानिक ओवानाले गोल गरेका थिए।

यसअघि चारवटा राष्ट्रिय प्रतियोगिताको उपाधि चुमिसकेको दाउफिन्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको मकवानपुरले पेनाल्टीमार्फत सहज जित निकालेको हो। यसअघि त्रिभुवन आर्मीसँग मात्र निर्धारित समयमा पराजित भएको दाउफिन्सले हेटौंडामा भने पुरानो लयको खेल देखाउन सकेन।

उपाधिसँगै मकवानपुरले आठ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता दाउफिन्सले चार लाखमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मकवानपुरका गोलरक्षक अशोक बराल घोषित भए। उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे। उनले उत्कृष्ट गोरक्षकको उपाधि जित्दै थप २० हजार रुपैयाँसमेत हात पारे। प्रतियोगितामा दाउफिन्सका ओको बोटाले बेस्ट डिफेन्डर, मकवानपुरका योगेश गुरुङले वेस्ट मिडफिल्डर र रेजिन सुब्बाले वेस्ट फरवार्डको उपाधि जिते। उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे।

विजेता खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतले पुरस्कार प्रदान गरेका थिए।

मकवानपुर फुटबल संघले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता थियो। ११ वर्षपछि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हेटौंडामा भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.