छिमेकी फकाउँदै चीन

छिमेकी फकाउँदै चीन

चुङछिङ (चीन)  : बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ। विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसिया युग’ निर्माणमा लागेको हो।

अमेरिकाले भारत, अस्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाइ चीनको छ। तर चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कूटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ। यस क्रममा चीनले छिमेकीलाई विशेष महत्व दिएको छ।

‘चीन आफ्नै तवरले अघि बढ्छ। अरू मुलुकले के गर्छ सोच्दैन। कसैले सक्रियता बढाएमा आक्रामक हुन्छ’, प्राध्यापक झु काइहुवाले भनिन्, ‘अमेरिकी रणनीतिमा हाम्रो सरोकार रहँदैन। तर हामी छिमेकको चासो र महत्वलाई ध्यान दिन्छौं। शक्ति मुलुक आफ्नै ढाँचाले अघि बढ्नु स्वाभाविक हो। छिमेकी मुलुक दुई शक्तिको मारमा नपरून् भन्नेमा हामी सचेत छौं।’ उनका अनुसार चीन अब एसियाको युग कसरी स्थापित गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ। उनले भनिन्, ‘छिमेकीलाई हाम्रो विकास मोडलबारे बुझाएर अघि बढ्नु हाम्रो उद्देश्य हो।’

चिनिया“ अन्तर्राष्टिय व्यापार तथा आर्थिक सहकार्य अध्ययन केन्द्रकी उपनिर्देशकसमेत प्राध्यापक झुले बीआरआई अभियानमा छिमेकले साथ दिए विश्व एसियातर्फ फर्कने बताइन्। ‘चीन आफ्ना छिमेकको यही विश्वासका साथ अघि बढेको छ’, उनले भनिन्, ‘चीनले बीआरआईमार्फत छिमेकीसँग सहकार्य गर्दै अघि बढ्ने तयारी गरेको छ। पहिला एसियाले नैे विश्वको नेतृत्व गरेको थियो। हामी फेरि त्यसतर्फ फर्कन सक्छौं।’

चीन छोटो समयमा गरेको प्रगतिको बजारीकरणसँगै विश्व बजारमा सीधा पहँुच बढाउने उद्देश्यका साथ अघि बढेको छ। त्यसैले चीनले घुमाउरो शैलीमा अमेरिकासँग आफ्नो प्रतिस्पर्धा रहेको बताउँदै आएको छ। यसबाट चीनले पुरानो सिल्क रोडलाई नयाँ रूप दिँदै विश्व व्यवस्थामा प्रभुत्व कायम गर्न खोजेको स्पष्ट हुन्छ।

छिमेकी मुलुकमा कसैको आँखा परेमा र आफ्नो मुलुकको प्रगतिमा आँच आउने काम भएमा चुप नलाग्ने रणनीति चीनको छ। यही रणनीतिले चीनले छिमेकलाई समेत सतर्क गराइरहेको छ।

चीनले हरेक दिन विश्वका कुनाकुनाबाट सरकारी पाहुनाका रूपमा दुई सयभन्दा बढी कर्मचारी, पत्रकार, व्यापारी निम्त्याउने गरेको छ। यसरी बोलाइएका पाहुनालाई विश्वविद्यालयमा बहस गराउने र विभिन्न प्रान्तको भ्रमण गराउँदै आएको छ। ती पाहुनामार्फत चीनले आफ्नो धारणा विश्वमा फिँजाउँदै आएको छ। यसले स्पष्ट हुन्छ चीन अब विश्व बजारको प्रतिस्पर्धामा मात्र होइन, राजनीतिमा पनि अग्रसर भइरहेको छ।

विश्वमा रेल हिमालमाथिबाट वा मुनिबाट गुडाउने भन्ने प्रश्न उठिरहेका बेला चीनले दुवै स्थानबाट सम्भव भएको जबाफ दिएको छ। चीनले हिमालमाथि रेल दौडाएको छ। रेलमार्गले हरेक पहाड छेडेको छ।

विकासका लागि सबैले मिलेर सहकार्य गर्नुपर्ने बताएको चीनले अब दक्षिण एसियालाई विशेष चासो दिन थालेको छ। चीनले हिमालपारि रेलको सपना बाँडिरहेको छ। रेलबाटै छिमेकी भारत र पश्चिम एसियाको बजार खोजेको चिनियाँ अधिकारी स्वीकार्छन्।

दक्षिण एसिया डेक्स हेर्ने तृतीय सचिव सङ चाओेले दक्षिण एसियासँग सहकार्य गर्न बीआरआई मुख्य माध्यम हुन सक्ने बताइन्। सार्क मुख्यालय रहेको नेपालमा चीनको सहकार्यमा धेरै काम भइरहेको दाबी उनको छ। उनले भनिन्, ‘पोखरा विमानस्थल निर्माण, कोदारी राजमार्गको स्तरोन्नति र मितेरी पुल निर्माण, रेलमार्गको प्रारम्भिक अध्ययन, जनस्तरको सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, प्रशिक्षण, नेपालका गाउँगाउँमा चिनियाँ स्वयंसेवकको उपस्थितिमा हाम्रो सहकार्य झल्किन्छ।’ जनस्तरको सम्बन्धमा भएको सहकार्य झनै महत्वपूर्ण रहेको उनले बताइन्।

अर्का चिनियाँ अधिकारीले सार्कको विकासमा पनि आफूहरुको ध्यान जाने स्पष्ट पार्दै भने, ‘सार्कको विकासमा सहकार्यले यो क्षेत्रको सभ्यतालाई विश्वमा अघि बढाउन सक्नेछ।’ चीनले बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन र त्यसलगत्तै अन्तर्राष्ट्रिय हर्टिकल्चर एक्जिबिसन गर्दैछ। ती अधिकारीले भने, ‘बीआरआई सम्मेलनमा एक सयभन्दा बढी मुलुकका नेता सहभागी हुनेछन्। एक सय ६२ दिन चल्ने हर्टिकल्चर एक्स्पोमा लाखांै आगन्तुकले अवलोकन गर्ने विश्वास छ।’

प्रविधि पनि बीआरआईकै अंग

बेइजिङमा निर्माणाधीन पाँच सय २८ मिटर अग्लो एक सय नौतले व्यापारिक भवन छ। त्यस्तै न्युयोर्कलाई नै चुनौती दिने सहर चुङछोङ पुग्दा विकासजति यहीं मात्र भएको छ भन्ने महसुुस जोकसैलाई हुन्छ। बेइजिङदेखि दक्षिण पश्चिममा रहेको चोङछिङबाट सिंगापुर आर्थिक करिडोरको काम भइरहेको छ।

रेलमार्गले लाओस, भियतनाम, मलेसिया हुँदै सिंगापुर जोड्दैछ। जलमार्गमा यसअघिदेखि नै काम भइरहेको छ। यान्छी नदीमा चल्ने जहाजबाट बिनामानिस सामान लोड–अनलोड हुन्छ। १० मिटर गहिरो यान्छी नदीमा थ्री गर्जेजको ड्यामले अड्कलेर पानी पठाउँछ। त्यसमाथि पानीजहाज चलिरहेको छ। चीनले बीआरआईमा प्रविधिलाई मुख्य अंग बनाएको एक सरकारी अधिकारीले बताए।

जेडी डटकम निजी कम्पनीका एक लाख ७० हजार व्यक्तिले विश्वका दुई सयभन्दा बढी कम्पनी र अर्बांै ग्राहकसँग प्रविधिमार्फत व्यापार गर्छन्। प्रविधिले चीनको प्रगति सरकारी तवरमा मात्र होइन निजी क्षेत्रमा पनि व्यापक मात्रामा भइरहेको जेडी डटकमका वरिष्ठ व्यवस्थापक कोका लानले बताए। ‘नया“ प्रविधिस“गै थप रोजगारी पनि सिर्जना हुनेछ। इकमर्स र लोजेस्टिक पार्टमा सहकार्य गरेर काम गर्ने हाम्रो एक्लो कम्पनी हो,’ उनले भने, ‘हामी ग्राहकको व्यवहारसमेत डिभाइसबाट थाहा पाउने र उसलाई आवश्यक पर्ने सामान सुझाउने गर्छौं।’

कमर्स मन्त्रालयका प्रमुख सु याओले चोङछिङ यतिबेला लोजेस्टिक हबका रूपमा प्रख्यात भइरहेको बताए। उनले भने, ‘यो आर्थिक करिडोरबाट आन्तरिक र बाह्य आयातनिर्यात हुने गर्छ।’ याङ्छे र जियालिङ ननदीबीचबाट राष्ट्रपति सी चिनफिङको बीआरआई अभियानमा सघाउने लक्ष्यसहित काम भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.