विदेशमा बसेर देशलाई गाली होइन, सहयात्रा गर्न रक्षामन्त्रीको सुझाव

विदेशमा बसेर देशलाई गाली होइन, सहयात्रा गर्न रक्षामन्त्रीको सुझाव

अमेरिका : नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल विदेशमा रहेका नेपालीलाई निर्दिष्ट योजनाका साथ देश विकासमा हातेमालो गर्न आव्हान गरेका छन्। देश बनेन् भनेर गुनासो मात्रै नगरी निश्चित योजनाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा सरकारसँग हातेमालो गर्न रक्षामन्त्री पोखरेलले सुझाएका हुन्। उनले भने, 'गुनासो मात्रै नगर्नुस्, कस्ले बनाइ दिने हो, आउनुहोस् तपाई हामी मिलेर समृद्ध नेपाल निमार्ण गरौं।' 

नेपाल सरकारको न्यूयोर्कस्थित बाणिज्य दूतावासले अमेरिकामा रहेका विज्ञसँग आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्रीपोखरेलले देश विकासका लागि एउटा छातामा आउन आग्रह समेत गरे। 

अन्य पार्टीमा आस्था राख्नेप्रति इंगित गर्दै रक्षा मन्त्री पोखरेलले भने, 'तपाईको विचार फरक हुनसक्छ, आफूले आस्था राख्ने पार्टीको भलो होस् भन्ने चाहना पनि हुनसक्छ तर नेपालको हीत चाहने एउटा छाता भित्र्यानुस्।

मन्त्री पोखरेलले हिमाल, पहाड, तराई बोकेर होइन लक्ष्मण बुटी बोकेर नेपाल आउन आग्रह गरेका छन्। देशको राजनीतिलाई विदेशमा रहेका नेपालीले गाली गर्ने गरेको बारे उल्लेख गर्दै नेता पोखरेलले भने, 'अब नेपालको राजनीति सङलो हुँदैछ, पहिलेको जस्तो गफले हुँदैन्, उनले नेपालको राजनीतिमा ग्लोबल टेन्डर हालेर छान्न नमिल्ने संकेत गर्दै त्यहीभित्र रहेका पार्टीबाट नयाँ अध्याय सुरु हुने बताए।

राजनीतिले सही बाटो हिड्न सक्यो भने मात्रै देश बन्छ भन्नेबारे आफूलाई राम्रो ज्ञान भएको जनाउँदै मन्त्री पोखरेले विगतमा नेपाल, राजनीतिको चक्रव्युहमा फसेका कारण विकासले गति लिन नसकेको प्रष्ट्याएका छन्।

एक वर्ष पनि देख्न नपाउने सरकार बन्ने गरेका कारण विगतमा विकासले फड्को मार्न नसकेको उनको ठम्याई छ। उनले भने सरकारमा रहेकालाई कसरी सरकार थामु भन्ने चिन्ता, सरकार बाहिर रहेकालाई कसरी सरकार ढालुम भन्ने चिन्तन, त्यही कारणले देश विकसित हुन सकेन्।

दुई तिहाईको सरकारले समृद्ध नेपालको जग हालेको बचाउँ गर्दै उनले भने, 'अहिले हामीले जग हालेका छौं, यही सरकारले तपाई हाम्रो सपनाको महल बनाउँछ। लगानी सम्मेलन देखाउनका लागि नभई देश विकासको आधार भएको जिकिर गरेका छन्।'
 
एक वर्षे कार्यकालको बचाउँ गर्दै मन्त्री पोखरेलले भने,' यो सरकार प्रणाली परिर्वतन हुँदा बनेको सरकार हो,स्थानीयदेखि केन्द्रसम्म सरकार छ, त्यसका केही प्राविधिक कामहरु भएका छन्, हामीले तीन सय ३९ वटा कानुन परिमार्जन गरेका छौं । अब सरकारले जनताले देख्ने गरी योजना प्रस्तुत गर्छ।'

बाणिज्यदूतावास न्यूयोर्कले आयोजना गरेको कार्यक्रममा अमेरिकाको न्यूयोर्क क्षेत्रमा रहेका विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका तथा नेपालीमुलका व्यवसायीको सहभागिता रहेको थियो। कार्यक्रम समृद्ध नेपाल निमार्णका लागि सहयोगी हुने महाबाणिज्यदूत पुष्पराज भटराईको ठम्याई छ। यसैगरी मन्त्रीपोखरेलले संयुक्त राष्ट्रसंघीय शान्तिमिसनको सम्मेलनलाई शुक्रबार सम्बोधन गरेका छन्। मन्त्रिस्तरीय सम्मेलनमा रक्षामन्त्री पोखरेलले नेपाली सेना र नेपाल प्रहरीको योगदानबारे अन्तराष्ट्रिय जगतलाई जानकारी गराए। 

हाल विश्वका ११ देशका १२ वटा मिसनमा नेपाली सेना, शान्ति स्थापनार्थ कार्यरत छन्।यस्तै उपप्रधानमन्त्री पोखरेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा शान्ति स्थापनार्थ राष्ट्रसंघले विश्वभर खेलेको भूमिका र नेपालको हितका बारेमा कुराकानी भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.