नेपाली गैंडा हेर्न झुम्मिन थाले चिनियाँ

नेपाली गैंडा हेर्न झुम्मिन थाले चिनियाँ

 बेइजिङ : चीनलाई उपहारस्वरूप उपलब्ध गराइएका ‘सोल्टी’ र ‘मितिनी’ हेर्न चिनियाँको भीड झुम्मिन थालेको छ। 

साङहाई वन्यजन्तु चिडियाखानामा नेपालबाट लगिएका गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न गत साता सर्वसाधारणलाई खुला गरिएको हो।

यो चिडियाखानामा सर्वसाधारण र विदेशी पर्यटकसमेत जाने गरेका छन्।नेपाली गैंडा हेर्दै उनीहरूले नेपालमा कति धेरै यस्ता गैंडा होलान्, त्यहाँको जंगलमै हेर्न जान पाए कस्तो हुन्छ भन्दै आपसमा कुराकानी गरेको त्यहाँ रिपोर्टिङ गर्न पुगेकाहरूले सुनाए। 

यसबाट चिनियाँ पर्यटक नेपाल भ्रमणमा आकर्षित तान्न समेत मद्दत पुग्नेछ। ०७५ चैत ९ मा नेपालले चीनलाई उपहारस्वरूप सोल्टी र मितिनी नामका एक जोडी गैंडा दिएको थियो। 

चिनियाँहरूले विश्वकै दुर्लभ जन्तुमा गनिने एकसिंगे गैंडा हेर्न पाउँदा निकै उत्साहित छन्। गैंडा हेर्नेको घुँइचो लागेको समाचार आउन थालेको छ।

गैंडा पाएपछि चिडियाखानाले गत सेप्टेम्बरमा सार्वजनिक कार्यक्रम नै गरेको थियो। त्यसमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका उप–निर्देशक ली छुनलियाङ, साङहाई नगरपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो।

 त्यस अवसरमा एकसिंगे गैंडा संरक्षणका लागि नेपाल–चीन सहयोग अनुसन्धानसम्बन्धी संस्था ‘नेपाल–चाइना रिसर्च कोअपरेसन अन राइनो प्रोटेक्सन’ पनि सुरु गरिएको थियो।

एकसिंगे गैंडा नेपालसहित दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा पाइन्छ। तर संख्या घट्दै गएर करिब २ हजार छ। नेपालको चितवन राष्ट्रिय निकुञ्जमा ६ सय हाराहारीमा गैंडा छन्। दुर्लभ गैंडा चीनलाई हस्तान्तरण गरिएबाट दुई देश र जनताबीच मैत्री आदानप्रदानमा नयाँ सेतु थपिएको छ। 

सिन्ह्वाका अनुसार यी दुई गैंडाको वजन हजार किलोग्रामभन्दा बढी भएको छ। चीनले निकै संरक्षण गरेर राखेको छ। यसबाट चीनले गैंडाको प्रजनन् गराउने अनुसन्धानकर्ताहरूले जनाएका छन्। चीनले सोल्टी र मितिनीलाई निकै स्याहार गरेर तापक्रम मिलाएर चिडियाखानामा राखेको बताइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.