तीनवटै सुरक्षा निकाय राहत र उद्धारमा

तीनवटै सुरक्षा निकाय राहत र उद्धारमा

काठमाडौं : आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएपछि तीनवटै सुरक्षा निकाय उद्धार र तथा राहतमा खटिएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १२ सय सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।

आइतबार बेलुकाको हावाहुरीमा ज्यान गुमाएका २७ जनाको शव भेटिएको छ। ती मध्ये २३ जनाको सनाखत भएको छ। ४०० भन्दा बढी घाइते भएका छन्। गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको छ।  

सेनाका प्रवक्ता सहायक रथी यमप्रसाद ढकालका अनुसार सेनाको एउटा हेलिकप्टरले घाइतेको उद्धार गरिरहेको छ भने प्रभावित क्षेत्रमा तीन सयजना सेना खटिएका छन्। सेनाले उद्धारसँगै राहतमा समेत जोड दिएको छ।

घाइतेको उपचारका लागि चिकित्सक टोली प्रभावित क्षेत्रमा खटिएको जानकारी ढकालले दिए। उनले भने, ‘अब उद्धारपछि पुनर्स्थापनाको काममा लागेका छौं, पाल टाँगेर बासस्थानको व्यवस्थामा जुटेका छौं’, ढकालले भने, ‘धेरैको अन्नपात नष्ट भएको छ, उनीहरुलाई खाना खुवाउने काममा समेत सेना सक्रिय भएर लागेको छ।’

नेपाल प्रहरीबाट पनि उद्धार र राहतका लागि ३३४ जना प्रत्यक्ष रुपमा खटिएको प्रहरी प्रधान कार्यालय महानिरीक्षक सचिवालयमा कार्यरत एसपी सविन प्रधानले जानकारी दिए। उनका अनुसार बारा र पर्साका सबै प्रहरी प्रभावित क्षेत्रमा छन्।

थप मद्दतका लागि हेटौंडाबाट समेत टोली पुगेको छ। डीएसपीको कमाण्डमा १९ जना चिकित्सकको टोली घाइतेको प्राथमिक उपचारमा खटिएको जानकारी प्रधानले दिए। प्रहरी महानिरीक्षक र गृहसचिव प्रेम कुमार राई अहिले प्रभावित क्षेत्रमै छन्।

त्यसैगरी सशस्त्र प्रहरीको चार सय सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएको सशस्त्र मुख्यालयले जनाएको छ। राहतको लागि बलम्बु गणबाट तीनवटा ट्रक प्रभावित क्षेत्रमा पुग्न लागेको जानकारी मुख्यालयका प्रवक्ता डीआइजी सुरज कुमार श्रेष्ठले दिए।

‘स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसँग समन्वय गरेर पीडित परिवारको पुनर्स्थापनामा लागेका छौं,‘ डीआईजी श्रेष्ठले भने, ‘कैन्द्रीय द्वैवी प्रकोप उद्धार समितिबाट समेत समन्वय भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.