विश्व शाक्यको नयाँ पुस्तक 'पोखराः हिजो र आज'

विश्व शाक्यको नयाँ पुस्तक 'पोखराः हिजो र आज'

पोखरा : चार दशक अघिको पोखराको इतिहास,जनजीवन, कला,संस्कृति, प्रकृति, विकासका पूर्वाधार समेटिएको फोटो पुस्तक पोखरामा सोमबार लोकार्पण भएको छ। पुस्तकमा पोखरामा भएका राणा विरुद्धको आन्दोलनदेखि विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका तस्बिर पनि समेटिएका छन्।

पोखरा प्राचीन शैलीका घर, वस्ती, सडक वर्तमान अवस्थामा सोही स्थानका परिवर्तित अवस्था पनि आकर्षक रुपमा फोटो पत्रकार, साहित्यकार विश्वरत्न शाक्यले समेटेका छन्। पोखराका अग्रज फोटो पत्रकार एवं वरिष्ठ साहित्यकार शाक्यले ४ दशक अघिदेखि आफूले खिचेका र संकलन गरिएका तस्बिरको सँगालो 'पोखराः हिजो र आज' पुस्तकको गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले बिमोचन गरेका हुन्। 

बिमोचन पछि बोल्दै प्रदेश प्रमुख कुँवरले पुस्तकले नयाँ पुस्तालाई पोखराको इतिहासको विभिन्न कालखण्डको अध्ययनमा सघाउ पुर्‍याउने विश्वास गरे। परिवर्तनबाहेक स्थायी चिज केही छैन भन्दै प्रदेश प्रमुख कुँवरले पोखराको हिजोको इतिहास पुस्तकमा समेटिएको बताए। पोखराको इतिहास समेटिएको फोटो पुस्तक प्रकाशन गरेर फोटोपत्रकार शाक्यले आफ्नो जन्मभूमिप्रति गुण लगाएको उनले सुनाए। 

पुस्तक पोखरेलीलाई हिजोको पोखरा बुझ्न सघाउ पुग्ने मात्र नभएर विदेशी पाहुनालाई कोशेलीको रुपमा उपहार दिन मिल्ने उत्कृष्ट पुस्तक रहेको पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु गुरुङले बताइन्।

शिक्षाविद् जोर्जजोनले पुस्तकले आफूलाई २०१७ सालको पोखरा सम्झाएको बताए। पोखराको इतिहास अध्ययन गर्न चाहानेका लागि दस्ताबेज भएको उनले सुनाए। 

फोटो पुस्तकका सर्जक विश्वरत्न शाक्यले ९ वर्षको प्रयासमा आफूले खिचेका र केही संकलन गरेका तस्बिर जुटाएर पोखराको इतिहास समेटिएको फोटा पुस्तक प्रकाशन गरेको बताए।पुस्तकमा ४ सयवटा फोटो रहेको र ८० प्रतिशत आफूले बाँकी महत्वपूर्ण तस्बिर अरुबाट संकलन गरिएको उनले बताए।

पोखराको विगत र वर्तमानको अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको पनि सुनाए। पुस्तक बिमोचन कार्यक्रमको आयोजक संस्था स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले पत्रकारितामा फोटो पत्रकारिता सशक्त माध्यम भएको बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराको विकाशको क्रमको इतिहास फोटो पुस्तकमा समेटिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.