हावाहुरी पीडितका लागि राहत संकलनमा जुटे म्याग्दीका विद्यार्थी
बेनी : बारा र पर्साका हावाहुरी पीडितका राहतका लागि म्याग्दीका विद्यार्थीले आर्थिक सहयोग संकलन गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववीयु र अनेरास्वीयु क्रान्तिकारीले सदरमुकाम बेनीमा घरदैलो गरेर मंगलबार ६२ हजार ७११ रुपैयाँ सहयोग संकलन गरेका हुन्।
अनेरास्ववीयुका अध्यक्ष सुवास विश्वकर्मा र अनेरास्ववीयु क्रान्तिकारीका यामनाथ पौडेलको नतेृत्वमा दुवै संगठनका विद्यार्थीले बेनीको विभिन्न चोक र मंगलाघाटमा सहयोगको अपिल गर्दै घरदैलो गरेका थिए।
संकलित रकम हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि पुगेका विद्यार्थी नेता प्रकाश पौडेलमार्फत पीडितलाई उपलब्ध गराइने अनेरास्वीयुका जिल्ला सदस्य समिर रोकाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !