चार वर्षे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ
जुम्ला : चन्दननाथ नगरपालिकास्थित चार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ परेका छन् ।
चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ वर्षीय श्याम भारतीलाई सोमबार दिउसो पक्राउ गरेको हो । बालिकाका आफन्तले जिल्ला प्रहरीमा बाल यौन दुव्र्यवहारविरुद्ध निवेदन दिएपछि भारती पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक नवीन ओलीका अनुसार पीडित पक्ष आरोपितको दवावमा मिलापत्र गर्न खोजे पनि घटना सार्वजनिक भइसकेपछि प्रहरीको अडानका कारण पीडित पक्षले जाहेरी दर्ता गराएका थिए ।
ओलीका अनुसार भारतीवाडा टोलस्थित असोक नमुना प्राथामिक विद्यालय परिसरमा लगेर बालिकामाथि यौन दुव्र्यवहार भएको हो ।
आरोपित भारतीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पीडित बालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षणपछि आफन्तलाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस !