न्यायाधीश सिफारिसबारे संसदीय सुनुवाइ समिति बैठक बस्दै
काठमाडौं : सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका पाँचैजना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियाको लागि संघीय संसद संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।
समितिको बैठक बिहीबार बस्ने तयारी छ । बैठकमा सिफारिस भएका पाँचैजनाविरुद्ध उजुरी आह्वान गरिने छ ।
यही चैत १८ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा हरि फुयाँल, कुमार रेग्मी, सुष्मलता माथेमा, प्रकाश ढुंगाना र मनोजकुमार शर्माको नाम सिफारिस गरेको हो ।