ऊर्जामन्त्री पुन र जर्मन राजदूतबीच भेटवार्ता
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ। बिहीबार मन्त्री पुन र राजदूत सेफरबीच मन्त्रालयमा भेटवार्ता भएको हो।
भेटमा ऊर्जामन्त्री पुनले जर्मनीले ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा पुर्याउदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।
मन्त्री पुनसँगको भेटमा जर्मन राजदूत सेफरले ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन इच्छुक रहेको धारणा व्यक्त गरे। राजदूत सेफरले लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको भन्दै अब कार्यान्वयनको पाटोमा जोड दिनुपर्ने उल्लेख गरे।