बार अध्यक्षमा श्रेष्ठ विजय नजिक, महासचिवमा पौडेल
![बार अध्यक्षमा श्रेष्ठ विजय नजिक, महासचिवमा पौडेल](https://annapurnapost.prixacdn.net/media/albums/shrestha-poudel-bar-nepal_20190404120110_w1SqXRJOPn.jpg)
काठमाडौं : नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रगतिशील समूहतर्फ अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयको नजिक पुगेका छन्। मतगणना सकिए पनि निर्वाचन समितिबाट परिणाम औपचारिक घोषणा हुन भने बाँकी छ।
महासचिवमा भने लोकतन्त्रवादी समूहका उम्मेदवार लीलामणि पौडेल विजय हुने निश्चित भएको छ।
अध्यक्षमा लोकतन्त्रवादी समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा सय भन्दा बढी अन्तरमा श्रेष्ठ विजया नजिक पुगेका हुन्। महासचिवमा भने प्रगतिशील समूहका उम्मेदवार सुरेन्द्र थापाभन्दा पौडेलले दुई सय भन्दा बढी मतअन्तरले जित पक्का गर्ने निश्चित भएको हो।
अन्य पदमा भने दुई तिहाईभन्दा बढी पदमा प्रगतिशील समूहले जित पक्का गरेको छ।
केही बेरमा औपचारिक घोषणा हुने निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)