नानो स्याटेलाइट प्रक्षेपणको तयारी पूरा

नानो स्याटेलाइट प्रक्षेपणको तयारी पूरा

काठमाडौं : नानो स्याटेलाइट प्रक्षेपणका लागि आवश्यक तयारी पूरा भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ। नास्टका अनुसार जापानमा अध्ययनरत दुई नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठले तयार पारेको उक्त स्याटेलाइट वैशाख ४ गते नेपाली समयअनुसार रातको दुई बजे प्रक्षेपण हुनेछ।

नेपालको पहिलो स्याटेलाइटको रूपमा रहेको नानो स्याटेलाइट अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण गरिने नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताए। नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा प्रविधि पत्रकार मञ्चको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै उनले वैशाख ४ प्रक्षेपण हुने स्याटेलाइट सुरुको एक महिना इन्टरनेसनल स्पेस स्टेशन (आईएसएस) मा रहने बताए। उनले जेठको दोस्रो साता त्यसलाई अर्बिटलमा राखिने भन्दै त्यसका लागि जापानबाट हुने प्राविधिक काम सम्पन्न भइसकेको बताए। उनका अनुसार नेपालमा गर्नुपर्ने ग्राउन्ड स्टेसन निर्माणको काम पनि अघि बढिसकेको छ। त्यसका लागि बोलपत्र आह्वानसमेत भएको छ।

ग्राउन्ड स्टेसन निर्माणका लागि धेरै सयम नलाग्ने भएकाले बोलपत्र आह्वानमा आएको निवेदनलाई अध्ययन गरेर छिट्टै यसको काम पनि सम्पन्न गरिने छ। यसका साथै स्याटेलाइट प्रक्षेपण भएसँगै त्योसँग कुरा गर्न आवश्यक स्टेसन पनि नेपालमै निर्माण गर्नुपर्ने भएकाले त्यसको काम पनि अघि बढेको उनले बताए। पछिल्लो समय सरकारले प्रक्षेपण गर्ने तयारीमा रहेको कमर्सियल स्याटेलाइटलाई छायाँमा पार्न लागेको भन्ने कुरा बाहिर आएको भन्दै उनले त्यसलाई खण्डन गरेका छन्। उनले नानो स्याटेलाइटमार्फत नेपालमा स्याटेलाइटका लागि आवश्यक पर्ने जनशक्ति निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ सुरु गरेको बताए।

ढकालले नेपाल एकैपटक मेगा स्याटेलाइटमा जान नसक्ने भन्दै यो परियोजनालाई अघि बढाएको जानकारी दिए। ‘यसका लागि सरकारको डेढ करोड खर्च भएको छ’, उनले भने, ‘यसका लागि ठूलो मेहनत भएको छ। नेपालबाट यस्तो परियोजनाका लागि पहिलोपटक पैसा बाहिर पठाउनुपर्ने भएकाले ठूलो लडाईं भएको थियो। यो एउटा युएन मिसनमात्रै हो।’ यसका लागि जापान सरकारले सहयोग गरेको छ। नेपाल युएनको सदस्य भएकाले यो परियोजना अघि बढेको हो।

स्याटेलाइट व्यावसायिक रूपमा उपयुक्त छैन

नेपालले हालै फ्रान्ससँग समझदारी गरेर लन्च गर्न लागेको स्याटेलाइट (भू–उपग्रह) व्यावसायिक रूपमा पूर्ण उपयोगी नभएको कार्यक्रममा बताइएको छ। नेपाललाई उपलब्ध गराइएको अर्बिटल स्लट उपयुक्त नभएकाले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन युनियन (आईटीयू) लाई अनुरोध गर्नुपर्ने नेपाल टेलिकमका स्याटेलाइट विभागका पूर्वप्रबन्धक वीरन्द्रप्रसाद प्रधानले जानकारी दिए। आईटीयूले नेपालका लागि उपलब्ध गराएको १२३.३ डिग्री इ–अर्बिटल स्लट व्यावसायिक रूपमा उपयुक्त नभएको उनको भनाइ छ।

प्रधानले ग्राउन्ड स्टेसन एन्टेनाको साइज उपयुक्त म्याच गराउन हालको एलोकेसन लेभल मिलाउनुपर्ने बताए। उनले भने, ‘यदि अर्बिटल स्लट अर्को उपलब्ध नहुने हो भने अहिलेको नेपालले पाएको अर्बिटललाई भाडामा दिएर पनि आम्दानी गर्न सक्छ।’ नेपालले स्याटेलाइट पठाउने हो भने फाइदाजनक अर्बिटल स्लट ओगटेका अन्तर्राष्ट्रिय स्याटेलाइट अर्गनाइजेसनसँग लिजमा लिन सकिने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.