पुस्तकबाटै संसार नियाल्न थाले कैदी

पुस्तकबाटै संसार नियाल्न थाले कैदी

जुम्ला : चारैतिर अग्लो पर्खाल। पर्खालमाथि काँडेतार। सटरसहितको भोटे ताल्चा ठोकिएको भित्रि गेट र पर्खालबाहिर कडा प्रहरी सुरक्षा। त्यही सुरक्षा घेराभित्रका बन्द कोठाबाट सानो आकाश र त्यही आकाशमा घुमिरहेका पंक्षी बाहेक अरु केही देखिँदैन। हेरौं भने त्यहि सानो आकाश। नहेरौं भने दिउँसै राति।यो दृष्य हो, जुम्ला कारागारको। कारागारमा रहेका ८४ जना कैदीबन्दीले यसको राम्रोसँग महशुस गरेका छन्।कैदीबन्दीका लागि कारागार एउटा छुट्टै र अँध्यारो संसार हो। त्यहाँ उनीहरुलाई थप पीडाको महशुस हुन्छ। तर पीडा व्यक्त गरे समाधान हुने विकल्प पनि छैन।   

त्यसैले त उनीहरु आफूलाई पिंजडाभित्रको चराजस्तै ठान्छन्।तर विगत दुई महिना अघिदेखि सुरु भएको कारागारमा पुस्तक अभियानले केही हदसम्म भएपनि कैदीबन्दीको पीडा घटाउन तथा उनीहरुलाई स्वतन्त्रताको अनुभुति गराउन मद्दत गरेको छ । 

कारागारमा पुस्तकालयको व्यवस्था भएपछि उनीहरुलाई स्वतन्त्रतासहितको अध्ययनशिलले संसार  नियाल्ने मौका दिएको छ।अहिले उनीहरु किताबमा स्वतन्त्रता भेट्न थालेका छन्।जुम्लाबाट सुरु भएको यो अभियान हाल कर्णाली प्रदेशका सबै कारागारमा लागु भइसकेको छ। जुम्ला कारागारमा पुस्तकालय स्थापनापछि कैदीबन्दीको अध्ययन गर्ने बानी समेत विकास भएको छ। यसले उनीहरुको सोचाईमा समेत सकारात्मक परिवर्तन भइरहेको छ।   

पुस्तकालयमा विभिन्न विधाका पुस्तक उपलब्ध छन्। भने अझैं पुस्तक जम्मा गर्ने काम भइरहेको छ।त्यहाँ कैदीबन्दीले आफ्नो रुचिअनुसारकै पुस्तक अध्ययन गर्न पाउँछन्। एक औपचारिक कार्यक्रमबीच शनिबार लेखक तथा उपन्यासकार सिवानी सिंह थारुले उक्त पुस्ताकालयको उद्घाटन समेत गरिन्।

सो अवसरमा कैदीबन्दी दलबहादुर कार्कीले भने, 'पुस्तक अध्ययनले ज्ञान मात्र होइन सकारात्मक सोचको पनि विकास हुँदो रहेछ, हामीले अहिले किताबमै स्वतन्त्रता सहितको नयाँ संसार भेट्न थालेका छौ।' 

यस्तै अर्का कैदीबन्दी विनोद शाहीलाई पहिले दिन कटाउन मुस्किल हुन्थ्यो। तर अहिले पुस्तक अध्ययनले दिन बितेको थाहा हुँदैन। उनले भने, 'बाहिर जेजस्तो अपराध गरेर जेल आएपनि अब भने पुस्तक अध्ययनले सबै कैदी साथीमा अपराधिक मानसिकता हराउने छ।'

 उपन्यासकार सिवानी सिंह थारुले पुस्तक अध्ययनले कैदीबन्दीको जीवन नै परिर्वतन हुने बताइन्। 'जति पुस्तक अध्ययन गर्यौ, त्यति नै पढ्ने लत बस्दै जान्छ, उनले भनिन्, 'अन्तत: हरेक पुस्तकले दिने ज्ञानवर्द्धक तथा सही सन्देशले कैदीको व्यवहारिक जीवन पनि सुधार्न मद्दत पुग्छ।'

उनीसँग कैदीबन्दीले पढ्ने कला र उनको जीवनको भोगाइबारे अनुभव आदान प्रदान तथा अन्र्तक्रिया समेत गरेका थिए। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कैदीबन्दीलाई कारागारभित्र कुनै पनि समस्या आउन नदिने भन्दै राज्यले दिएको सेवा सुविधामा सन्तोषजनक हुन अनुरोध गरिन्।

सरकारले जेलभित्र पनि अनुशासित र सभ्य नागरिकको पहिचान दिन कैदीको जेल जीवन मुक्त गर्ने रणनीति अपनाएको छ। डीएसपी सिताराम रिजालले कैदीबन्दी अनुशासित बन्दै गएको बताउँदै कारागारभित्र सबैसँग भाइचाराको सम्बन्ध कायम गर्न सुझाए।

यस अभियानले कैदीबन्दीको जेल बाहिरको भविष्य उज्यालो रहेको भन्दै अभियानलाई देशै भरी लागु गर्न आवश्यक रहेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए।

यसैबीच शनिबार कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालयको उद्घाटन गरिएको छ। सुर्खेतमा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नयनराज पाण्डे, कवि नवराज पराजुली, दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम)मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालीकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार सिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपानेले उद्घाटन गरेका हुन्।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.