अर्घाखाँची दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो, १२ घाइते

अर्घाखाँची दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो, १२ घाइते

अर्घाखाँची : अर्घाखाँची जिल्लाको नुवाकोटको लात्तेबाजमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। १२ जना घाइते  भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ। 

सदरमुकाम सन्धिखर्कबाट करिब ७ किलोमिटर नजिक भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा जीप दुर्घटना भएको हो। सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागी छुटेको गाडी दिउँसो करिब पौने दुई बजे दुर्घटना भएको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताए।

लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुदाँ घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाको मृत्यू भएको  जिल्ला प्रहरी कार्यलयका प्ररहरी निरीक्षक गम्भीरजंग थापाले बताए।  मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यू भएको छ।

घाइते ९ जनालाई बुटबल रिफर गरिएको छ। तीन जनाको सन्धिखर्कमा उपचार भैरहेको छ।  गाडी चालक प्रहरीको नियन्त्रणमा बाहिर रहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। गाडी दुर्घटना भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडीमा १५ जना सवार थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.