जाजरकोटमा जीप दुघर्टना : बालकको मृत्यु, ६ घाइते

जाजरकोटमा जीप दुघर्टना : बालकको मृत्यु, ६ घाइते

जाजरकोट : जाजरकोटमा मंगलबार जीप दुघर्टना हुँदा एक बालकको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

दुघर्टनामा पश्चिम रुकुमको आठविसकोट नगरपालिका-११ का लक्ष्मी नेपालीका ४ वर्षीय छोरा विवेक नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जाजरकोट डोल्पा सडकको नलगाड रग्दादेखि दल्लीतर्फ आउँदै गरेको ग १ ज ५८१२ नम्बरको जीप नलगाडको वडा नम्बर ९ र १० को सीमानामा पर्ने दारिमपाटा भन्ने ठाँउमा दुघर्टना भएको हो।

मृतक बालकका आमा लक्ष्मी नेपाली घाइते छन्। नलगाड-९ निवासी चालक राजेन्द्र विक र नलगाड-१० का तेजबहादुर विक गम्भीर घाइते छन्। नलगाड-११ दुर्गेस बानियाँ , उनकी श्रीमती खिमा बानियाँ र नलगाड १ का भरत परियार दुघर्टनामा घाइते भएका छन्।

घाईते दुर्गेसको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट रेफर गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

जीप सडकबाट करिब ५० मिटर तल खसेको छ। घाइतेलाई स्थानीय बासिन्दाले उद्धार गरेका थिए। पुरानो जीप भएकाले दुर्घटना हुनसक्ने अनुमान प्रहरीको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.