मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी पत्नी पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी पत्नी पक्राउ

क्वालालम्पुर : मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सौर्यशक्ति आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मंगलवार पक्राउ गरिएको छ ।

पक्राउ पर्नुअघि उनलाई सौर्यशक्ति आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्न बोलाइएको थियो । सोधपुछपछि उनलाई त्यहीँबाट पक्राउ गरिएको थियो । उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेशियाको भ्रष्टाचारविरोधी निकायले जनाएको छ । रोसमाह तथा उनका पूर्व विशेष सहयोगीलाई गत वर्षको नोभेम्बरमा एक कम्पनीलाई ४ करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिशन मागेको आरोप लगाइएको थियो ।

रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घूससमेत लिएको आरोप लगाइएको थियो । उनका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिशन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो । आरोपित दुवैजनाले आरोप निराधार रहेका जनाउँदै यसको खण्डन गर्दै आएका छन् । सौर्यशक्ति आयोजनाबारे आरोप लाग्नुअघि पूर्वप्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्ति शुद्धिकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानबिन गरिसकिएको छ ।

पछिल्लो सोलार प्यानल आयोजना बारेको आरोपमा उनले मलेशियाको पूर्वी राज्य सारावाकमा विभिन्न ३ सय विद्यालयमा जोडिएको सौर्य ऊर्जा विनाटेन्डर एक कम्पनीलाई दिएको र यसबाट ठूलो कमिशन लिएको आरोप लगाइएको छ । उक्त टेन्डरका लागि पूर्वप्रधानमन्त्रीसमेतको अनुमति रहेको दाबी गरिएको छ । सत्ताबाट बाहिरिएपछि पूर्वप्रधानमन्त्री नजिबमाथि भ्रष्टाचारका विभिन्न ४२ वटा मुद्दा दर्ता भएका छन् । उनका मुद्दामाथि गत सातादेखि सुनुवाइ शुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.