अमेरिकामा पहिलाे पटक मिथिला चित्रकला महोत्सव

अमेरिकामा पहिलाे पटक मिथिला चित्रकला महोत्सव

न्युयोर्क : नेपालको मौलिककला, संस्कृतिको प्रशंसा विश्वमञ्चमा मुक्क्तकण्ठले हुने गर्छ । प्राकृतिक सौन्र्दयले भरिपूर्ण नेपाल र नेपाली कला संस्कृति विश्व समाजले सम्मानका साथ हेर्ने गरेको पाइन्छ ।

हिमाल पहाड र तराई मिलेर बनेको देशमा विभिन्न जाति र तिनले अवलम्वन गर्ने धर्म, जातीय मौलिकता, सांस्कृतिक विविधताको संगमस्थल नेपाल भएको संस्कृतिकर्मीहरुको ठम्याइ छ ।

यही कला संस्कृतिलाई विश्वभर छरिएर रहेका नेपालीहरुले संरक्षण तथा प्रवद्धन गरिरहेका छन् । विशेषगरी नेपालको तराई क्षेत्रको मौलिक संस्कृति, धार्मिक आस्था, पौराणिक महत्व झल्काउने उद्देश्यले विश्वको राजधानी मानिने न्युयोर्कमा पहिलो पटक मिथिला महोत्सव आयोजना गरिएको छ ।

प्रकृति, नारीको सौन्र्दय, मौसम परिर्वतन, प्रकृतिमा परेको नकारात्मक प्रभाव, दैविक आस्था, जैविक विविधता, कला संस्कृति, नेपाली रहनसहन, पर्यटन विकास, वैवाहिक प्रचलन, पाहुनालाई गरिने स्वागत लगायत संदेशमुलक चित्र राखेर यस्तो महोत्सवको आयोजना गरिएको छ ।

जहाँ विश्वभरका मानिसले अवलोकन गरेर नेपाल तथा विशेषगरी तराई क्षेत्रलाई बुझ्ने अवसर पाएका छन् । यस महोत्सवलाई अवलोकन गर्न अहिलेसम्म करिव १२ भन्दा बढी देशका राजदूत समेत त्यहाँ पुगेर नेपाललाई चित्रमा नियाले ।

नेपालको भ्रमण वर्ष सफल बनाउन तथा धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा चर्चित जनकपुर क्षेत्रको विकासमा टेवा पुर्याउन यस्तो महोत्सवको आयोजना गरिएको आयोजकहरुले जानकारी दिए ।

उद्घाटन गर्न जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर शाह न्युयोर्क आइपुगेका थिए । उनले नेपालीहरुले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गरेको खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह समेत गर ।

आयोजक संस्थाका कार्यकारी निर्देशक अमित शाहले देशको मौलिकता विश्व समुदायलाई चिनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको जनाए । बिगत ३१ वर्षदेखि मिथिला आर्ट गर्दै आएका अजितकुमार शाहले मिथिला महोत्सवले विशेषगरी तराई क्षेत्रको मौलिकता र संस्कृति संरक्षण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राईले विदेशमा यस्ता मेला महोत्सवको आयोजना हुनु आफैँमा गौरवको विषय भएको र यसले सांस्कृतिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएका छन् ।

संयुक्त राष्ट्र संघका लागि स्थायिनियोग र मिथिला आर्ट एण्ड कल्चर सेन्टरको संयुक्त आयोजना भएको महोत्सव न्युयोर्कमा पाँच दिनसम्म चल्नेछ । नारी विकास केन्द्रका महिला कलाकारहरुका १७ वटा र कलाकार अजित शाहका १३ वटा कला कृति प्रर्दशनका लागि महोत्सवमा राखिएको छ । महोत्सवमा राखिएका चित्रहरु अधिकांश संयुक्त राष्ट्रसंघको दिर्घकालिन विकास लक्ष्यसँग सम्बन्धित छन् । धार्मिक रुपमा परिचित मिथिला क्षेत्र राजा जनकको पालामा एउटा छुट्टै राज्य थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.