विप्लबका डोल्पा इन्चार्ज पक्राउ

विप्लबका डोल्पा इन्चार्ज पक्राउ

जाजरकोट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीका डोल्पा जिल्ला इन्चार्ज वीरबहादुर खड्का क्षितिज जाजरकोटमा पक्राउ परेका छन्। जिल्लाको भेरी नगरपालिका ३ थाप्लेमा भएको निजी निवासबाट बुधवार उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।

डोल्पा प्रहरीको सुचनाको आधारमा उनी विप्लवको गतिविधिमा संलग्न भएको हुँदा प्रक्राउ गरेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले बताए। उनलाई हिरासतमा राखेर प्रहरीले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी प्रमुख खत्रीले जानाकारी दिए। 

जाजरकोट लहँ लविस निवासी खड्का विगत लामो समयदेखि जाजरकोट सदरमुकाम खलंगामा सपरिवार होटल व्यवसाय गर्दै आएका छन्। यस अघि उनी विप्लवको जाजरकोट जिल्ला इन्चार्ज थिए। उनको पारिवारिक स्रोतका अनुसार अहिले उनी नेकपाको नेतृत्वसँग सम्पर्क विहीन भएर पार्टी गतिविधिमा निस्क्रिय थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.