सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

काठमाडौं : नेपाल चिकित्सक संघले आन्दोलनरत सरकारी चिकित्सकको समस्या वार्ता र संवादको माध्यमद्धारा समाधान गर्न आग्रह गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ ।

संघका महासचिव डा. लोचन कार्कीले विहिवारदेखि ७२ घण्टाभित्र वार्ता र संवादको माध्यमबाट समस्याको समाधान निकाल्न माग गरिएको बताए । संघले चिकित्सकको समायोजनका सम्बन्धमा विस्तृत छलफल गरी सरकारलाई अल्टिमेटम दिएको हो ।

काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ, नागरिक समाजका प्रतिनधि लगायतका चिकित्सापेशासँग संलग्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुबीच विहिवार छलफल गरिएको थियो । चिकित्सकको माग र संवेदनशीलतालाई बेवास्ता गर्दै पेशागत मान मर्यादालाई अवमूल्यन गरिए संघले सशक्त ढंगले विरोधका कार्यक्रम मुलुकभर सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुलाई संघबाट घोषणा हुने सशक्त विरोधका कार्यक्रमहरुको लागि तयारी अवस्थामा बस्ने समेत अनुरोध गरिएको छ । संघबाट घोषणा गरिने आन्दोलनका कार्यक्रमहरुबाट स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने जनाइएको छ ।


अस्पताल बाहिर ओपिडि

सरकारी चिकित्सक संघ ( गोदान)को आव्हानमा आन्दोलनमा उत्रिएका चिकित्सकले विहिवार पनि अस्पताल बाहिर बहिरङग विभाग (ओपिडि) संचालन गरेका छन ।

वीर अस्पतालको प्राङगणमा गोदानको छाप प्रयोग गर्दै आन्दोलनरत चिकित्सकले विरामी जाँच गरेका थिए । गत शुक्रवारदेखि आन्दोलनरत चिकित्सकहरुले आकस्मिक सेवा वाहेकका उपचार सेवा बहिष्कार गर्दै आएका थिए । संघ अन्तर्गत चिकित्सकलाई समायोजन गरेर सेवामा खटाउनु पर्ने माग आन्दोलनरत चिकित्सकहरुको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.