अर्घाखाँचीमा एक सय ५० ग्राम अवैध सुन बरामद

अर्घाखाँचीमा एक सय ५० ग्राम अवैध सुन बरामद

अर्घाखाँची : सन्धिखर्क नगरपालिका–६ स्थित रातटारीमा यात्रुवाहक माइक्रोबसबाट एक सय ५० ग्राम अवैध सुन बरामद भएको छ ।

काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ४ ख ५४९८ नम्बरको हायासबाट प्रहरीले अवैध सुन बरामद गरेको हो । अवैध सुन भित्रिँदै गरेको सूचनाका आधारमा प्रहरीले हायास रोकेर चेकजाँच गर्दा उक्त अवैध सुन फेला परेको बताइएको छ ।

चालक सिटतर्फको ढोकामा रहेको पकेटमा सेतो प्लास्टिक झोलाभित्र कागजले बेरेको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

५० ग्राम तौलका तीन थान सुन फेला परेपछि प्रहरीले हायास चालकलाई सोधपुछ गर्दा सन्धिखर्क बजारस्थित श्रीराम अर्घाखाँची सुनचाँदी पसलका कृष्ण पन्थी सुनारले काठमाडौंबाट मगाएको बयान दिएका थिए ।

त्यसपछि प्रहरीले पसल सञ्चालक सुनारलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले सुन अवैध भएको स्वीकार गरेका हुन् । आफ्नो बयानमा सुनारले भुमिकास्थान नगरपालिका–४ घर भइ हाल काठमाडौं बस्ने अजय पौडेलले पठाइदिएको भनी उम्कन खोजेका थिए ।

तर, भन्सार रकम दाखिला गरेको कागजात नभएकोले उक्त सुन अवैध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । उनका अनुसार भन्सार छलेर ल्याइएको उक्त सुनको बजार मुल्य ७ लाख ७४ हजार भन्दा माथि छ ।

माइक्रो चालक सुदिप रायमाझी, पसल सञ्चालक सुनार र पौडेल समेतलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले  जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.