बालश्रम नभएका घरमा गाडियो 'हरियो झण्डा'

बालश्रम नभएका घरमा गाडियो 'हरियो झण्डा'

डोटी : बालश्रम अन्त्य गर्न डोटीमा अभियान संचालन भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिकालगायत मुख्य सहर दिपायत क्षेत्रमा बालश्रम नभएको घरमा हरियो झण्डा गाड्न अभियान थालेको हो।

नैतिक दवाव सृजना गरी बालश्रम हटाउने उद्देश्यका साथ हरियो झण्डा अभियान संचालन गरिएको दिपायल सिलगढी नगरपालिका-४ का वडाअध्यक्ष विरेन्द्र शाहले बताए।बालश्रम भइरहेको घरमा भने झण्डा राखिएको छैन्।

डोटीलाई नै बालश्रममुक्त घोषणा गर्ने अभियानअन्तर्गत नगरपालिकाले समेत अभियान सुरु गरेको अध्यक्ष शाहले बताए । 'बालश्रम मुक्त जिल्ला घोषणा गर्ने अभियानमा छौं, बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने अभियान गरेको छौं, उनले भने, 'बालश्रमिक घर र पसलमा गाडेका छैनौं, बालश्रम गर्नेलाई नगरपालिकाले दिने सुविधाबाट समेत बञ्चित गर्ने भनिएको छ ।'

नगरपालिकाले यस अभियानमा स्थानीयको पनि साथ रहको छ। 'नगरपालिकाले थालेको अभियान स्वागतयोग्य छ,' स्थानीय तेज डुम्रेलले भने।   
डोटीका विभिन्न निजी घर, पसल र होटलमा लामो समयदेखि बालश्रमिक रहेका कारण बालश्रम अन्त्य गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सफल हुन नसकेको दिपायल सिलगढी नगरपालिका-४ का वडासचिव भरत नेपालीले बताए।

डोटीको प्रमुख व्यापारिक केन्द्र पिपल्ला र राजपुरमा मात्रै कम्तीमा पनि ४० देखि ५० स्थानमा बालश्रम भइरहेको स्थानीय भरत कठायतले बताए। बालश्रम निषेधका लागि कानुन निर्माणको प्रक्रियामा रहेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले बताए । डोटीमा घरेलु काममा बालश्रमिक रहेको तथ्याङ्क नगरपालिकाले यसअघि नै सार्वजनिक गरिसकेको छ।दिपायल सिलगढीनगरभित्र मात्रै ६० बालश्रमिक फेला परेको बताइएको छ।

बालश्रमिक राख्ने परिवारलाई सरकारी सेवा सुविधाबाट बञ्चित गराउने अभियान सञ्चालन गरिरहेको नगर उप-प्रमुख शिवराज खड्काले बताए। बालश्रमिक राख्ने परिवारलाई सेवा सुविधाबाट पञ्चित गराउनुका साथै उनीहरूलाई दण्ड, जरिवाना तिराउने, सञ्चार माध्यममा उनीहरूको तीन पुस्ते नामावली प्रकाशन गर्न कार्यदलले मापदण्ड बनाएर नगरपालिकालाई सिफारिस गरेको थियो। 

घरको कमजोर आर्थिक अवस्था, अभिभावक नभएका बालबालिका श्रमिकका रूपमा रहन बाध्य रहेको अल्पकालिन सेवा केन्द्रकी संयोजक तथा बालश्रम निषेध गर्न नगरपालिकाले गठन गरेको कार्यदल सदस्य देवकी बोहराले बताइन्। 

आर्थिक अवस्था कमजोर भएका बालश्रमिकका अभिभावकलाई जीविकोपार्जन कार्यक्रमका लागि नगरपालिकाले सहयोग गर्न चालू आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.