महिला कुस्तीमा प्रदेश-७को वर्चश्व, दोस्रो स्थानमा नेपाली सेना

महिला कुस्तीमा प्रदेश-७को वर्चश्व, दोस्रो स्थानमा नेपाली सेना

तौलिहवा : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत कपिलवस्तुमा सम्पन्न महिला तर्फको कुस्तीमा प्रदेश-७ले वर्चश्व कायम गरेको छ। ५० देखि ७६ किलोसम्मका १० खेलमा प्रदेश-७ले वर्चश्व कायम गरेको हो।

प्रदेश-७ ले ५० किलो, ५३ किलो, ५५ किलो, ६५ किलो, ६८ किलो, ७२ किलोतर्फ जित हात परेको छ। त्यस्तै बिना विभागीय टिममा नेपाली सेनाले ५७ किलो, ५९ किलो, ६२ किलोतर्फ स्वर्ण पदक हात पारेको हो। ७६ किलोतर्फ प्रदेश-१ले एक स्वर्ण हात पारेको छ। अन्य ५वटा प्रदेश र नेपाल प्रहरी भने स्वर्ण विहिन रहे। ५० किलोतर्फ प्रदेश-७ की मनिता सिंहले स्वर्ण पदक जितिन्। उनले नेपाली सेनाकी लक्ष्मी तामाङलाई हराएकी हुन्। तामाङले रजत पदकमै चित्त बुझाइन्।

५३ किलोतर्फ पनि प्रदेश-७ की सिवाङ्गी दुवेले स्वर्ण पदक जितिन्। दुवेले नेपाली सेनाकी कोपिला थापा मगरलाई हराएकी थिइन्। थापाले रजत पदक जितिन्। त्यस्तै ५५ किलोतर्फ प्रदेश-७ नै हावी भयो। संगीता धामीले प्रदेश-५ की सपना श्रेष्ठलाई हराइन्। श्रेष्ठ रजत पदकमै सिमित भइन्।

५७ किलोतर्फ भने नेपाली सेनाकी कविता पुनले स्वर्ण पदक जितिन्। उनले प्रदेश-७ की अम्बिका भण्डारीलाई हराउन सफल भइन्। भण्डारीले रजत पदक जितिन्। ५९ किलो तर्फ नेपाली सेनाकी कविता पुनले स्वर्ण पदक जितिन्। उनले प्रदेश-७ की कोमल खत्रीलाई हराएकी हुन्।

६२ किलोतर्फ नेपाली सेनाकी शुसीला चन्द विजयी भइन्। उनले प्रदेश-७ की सपना चन्दलाई हराएकी हुन्। चन्दले स्वर्ण पदक जितिन्। ६५ किलोतर्फ प्रदेश-७ की नीरा आउजी विजयी भइन्। उनले सुमित्रा मगरलाई हराएकी हुन्। मगर नेपाली सेनाकी खेलाडी हुन्।

६८ किलोतर्फ प्रदेश-७ की विमला सुनारले विजयी भइन्। उनले नेपाल प्रहरीकी निर्मला जागरीलाई हराएकी हुन्। ७२ किलोतर्फ प्रदेश-७ की लक्ष्मी खत्री विजयी भइन्। खत्रीले नेपाल प्रहरीकी रेखा रावललाई हराएकी हुन्। ६७ किलोतर्फ श्रीजासु गिरी विजयी भइन्। प्रदेश-७ र नेपाली सेना हावी भएको बेला अन्तिम समयमा भएकी यो खेलमा गिरीले स्वर्ण पदक जितेकी हुन्। उनले प्रदेश-५ की लक्ष्मी विसीलाई हराएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.