आठौं राष्ट्रिय खेलकुद : ट्रायथलन र दुआथलनमा एकै परिवारका ४ सहभागी

आठौं राष्ट्रिय खेलकुद : ट्रायथलन र दुआथलनमा एकै परिवारका ४ सहभागी

पोखरा : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा शनिबार सम्पन्न दुआथलन तर्फको प्रतिस्पर्धामा प्यूठानका दिदीबहिनी हुमी र शकुन्तला बुढामगरले स्वर्ण र काश्य पदक जितेका छन्। दुबै दिदी बहिनी सशस्त्र प्रहरीको एपीएफ क्लबबाट प्रतिस्पर्धा गरेका थिए।

५ किमी दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड प्रतिस्पर्धामा दिदी हुमीले १ घन्टा १६ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। बहिनी शकुन्तलाले सोही दुरी १ घन्टा २९ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारिन्। सोही प्रतिस्पार्धामा नेपाल आर्मीकी निर्जला ताम्राकारले १ घन्टा १७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै रजत जिनेकी थिइन्।

दिदी हुमी सातौं राष्ट्रिय खेलकुदमा पनि दुआथलन तर्फ गोल्डमेडलिस्ट् हुन्। बहिनी शकुन्तला दिदीलाई पछ्याउँदै यस प्रतिस्र्पामा अघि बढेकी छन्। हुमीले देश भित्र भएका विभिन्न प्रतिस्पर्धाको साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि गोल्ड मेडल जितेकी छन्।

हङकङमा सन् २०१८ को नोभोम्बर महिनामा भएको ५० किलो मिटर दौडमा उनी प्रथम भएर जापानमा यसै वर्षको जुलाई महिनाको २८ तारिखमा हुने ५० किलो मिटर दौडमा प्रतिस्पर्धामा सहभागी हुन तयारी गरिरहेको बताइन्। १२ कक्षमा अध्ययनरत हुमी यस अघि हङकङमै भएको २६ किलो मिटर दौडमा पनि प्रथम भएकी थिइन्।

खेलतर्फ लाग्न र सफलता हात पर्नुमा बुबा दामोदरको प्रशिक्षण रहेको उनले सुनाइन्। पोखराको फेवाताल किनारमा शनिबार भएको ट्राइयाथलन प्रतियोगितामा हुमीका बुबा ४१ वर्षिय दामोदर प्रतिस्पर्धा गरेका थिए। काका २० वर्षिय रेम पुरुष तर्फको दुआथलन प्रतिस्पर्धामा सहभागी भएका थिए।

शिक्षामा एमए दामोदर सानै उमेर देखि खेल क्षेत्रमा अघि बढेर राष्ट्रकालागि मेडल ल्याउने धोको भएकोले छोरीहरुबाट त्यो धोको पुरा गर्न अघि बढाएको सुनाए। बलबुताले भ्याएसम्म छोरीहरूलाई खेलको माध्यबाट राष्ट्रको नाम राख्न अघि बढाउने उद्देश्यले प्रशिक्षण र साथ दिदै आएको उनले बताए।

सानो उमेरमा कराँतेमा आकर्षित दामोदर देशभरका विभिन्न स्थानमा भएका दौड प्रतियोगितामा सहभागी भएर विभिन्न मेडल र पुरस्कार हात पारेका छन्। काठमाडौं, भोजपुर लगायत सहरमा भएका ट्रायल रेस सिरिजमा प्रथम भएका दामोदर पोखरा ट्रायल सिरिजका लगातार तीन पटकको विजेता पनि हुन्।

उनी कास्कीको आर्मलामा भएको १० किलो मिटर दौडमा पनि प्रथम भएका थिए। पाँच दाजु भाई मध्ये साइँला दाई रुपलाल पनि पहिले राष्ट्रिय दौड प्रतियोगिता प्रतिस्पर्धा गरेर मेडल जित्ने गरेको उनले सुनाए।

अहिले भने दाजु वैदेशिक रोजगारमा रहेको उनले सुनाए।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखराको फेवाताल किनारमा भएको दुआथलन प्रतिस्पर्धामा स्वर्ण र काश्य पदक विजेता दिदी बहिनी हुमा र शकुन्तला बुढामगर। फोटोः कृष्णमणि बराल/अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.