सुरु भयो भिजिट नेपाल २०२०

सुरु भयो भिजिट नेपाल २०२०

पोखरा : पोखरामा शनिबार एक कार्यक्रमका बिच भिजिट नेपाल २०२० शुभारम्भ भएको छ। ‘समृद्ध नेपाल बनाउँ, विश्वा नेपाल चिनाउँ’ भन्ने नाराका साथ भिजिट नेपाल २०२० को गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरेका हुन्।

मुख्यमन्त्री गुरुङले रिमोट चलाएर नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरेर शुभारम्भ गरेका थिए। भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भित्रयाउने सरकारको योजना छ।  शुभारम्भ कार्यक्रममा बिभिन्न साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।

मुख्यमन्त्री गुरुङले पर्यटनबाटै समृद्धि हासिल हुने बताउँदै गण्डकी प्रदेश सरकारले २०२२ मा २० लाख पर्यटक ल्याउने गरी कार्यक्रम अघि बढाइएको पनि सुनाए। नेपाल भ्रमण वर्ष २०२० मा गण्डकी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने पनि उनले बताए।

भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा प्रस्तुत झाँकी। कृष्णमणि/अन्नपूर्ण


कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले ग्रामीण पर्यटन विकासका लागि २३२ होमस्टे तयार भइसकेको बताए। प्रदेश सरकारले प्रति सामुदायिक होमस्टे बराबर १० लाख सहयोग गरेको छ। प्रदेशका ३ सय होमस्टे संचालन गर्न सघाउने गरी ३० करोड छुटएको छ।

प्रतिनिधि सभा सांसद पवित्रा खनाल निरौलाले पर्यटकीय राजधानी पोखराबाट भ्रमण वर्षको घोषणलो पर्यटन विकासबाट समृद्धि हाशिल हुने विश्वस गरिन्। पर्यटन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले सडक, पौदल मार्ग र हवाई यात्रा सहज बनाउन सुधारको काम भइरहेको बताए। उत्पादनमा पनि आत्मनिर्भर हुने गरि उत्पादनमा पनि जोड दिइने उनले सुनाए।

पर्यटनबाट रोजगारको अवसर सृजना गर्ने गरि भ्रमण वर्षका संयोजक सुरज बैद्यले पर्यटन पूर्वाधार सुधार गरी पर्यटकका आगमन बढाउने सुनाए। नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम कायान्वयन समिति सदस्य विप्लव पौडेल भ्रमण वर्ष सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.