मध्यपहाडी लोकमार्ग कालोपत्रे धमाधम

मध्यपहाडी लोकमार्ग कालोपत्रे धमाधम

रुकुमपश्चिम : मध्यपहाडी लोकमार्गको रुकुम खण्डको स्तरोउन्नती गर्ने काम अन्तर्गत यतिबेला कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पूर्व पाँचथरको चिवाभञ्ज्याङदेखी पश्चिम बैतडीको झुलालघाटसम्म जोड्ने यो लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारीदेखी पूर्वको पाथीहाल्नासम्मको सडक स्तरोउन्नती गर्नका लागि कालोपत्रे भइरहेको हो।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको यो आयोजनाको पहिलो चरणमा रुकुम खण्डमा कालोपत्रेको काम सुरु गरिएको छ। पहिलो चरणमा रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटको शितलपोखरीदेखि खोपीचारसम्मको १४ किलोमिटर र रुकुम पूर्वको काँक्रीदेखी पातीहाल्ना खण्डको २९ किलोमिटर गरी जम्मा ४३ किलोमिटर सडक कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ।

रुकुम पश्चिम र पूर्वमा समेत गरेर करिब एकसय २५ किलोमिटर लम्वाई रहेको यस लोकमार्गको विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको छ। कालोपत्रे जारी रहेको शितलपोखरी खोपीचार खण्डमा कालिका÷प्यासिफिक जेभीले काम गरिरहेको छ। सुरुमा सडक चौडा गरेर नालीको कामसमेत सकेर कालोपत्रेको काम सुरु गरिएको बताइएको छ। सवारी आवागमनमा अवरुद्ध गर्नु नपरोस भनेर एक चरणमा एक लेनको काम गर्ने र त्यस लेनको काम सकिएपछि अर्को लेनको काम गर्ने गरेको निर्माण कम्पनीका प्रतिनिधि खिमबहादुर बस्नेतले जानकारी दिए।

आगामी असार मसान्तसम्म उक्त खण्डको काम सक्नुपर्ने सम्झौता अनुसार तोकिएकै समयावधिमा सक्ने गरी कामलाई तीब्रता दिइएको बताए। यस खण्डको कालोपत्रेका लागि कूल ६ करोड बजेट विनियोजन भएको र समग्र आयोजना निर्माणका लागि प्रर्याप्त बजेट रहेको मध्यपहाडी लोकमार्ग निर्माण आयोजनाका इन्जिनियर तुलाराम शर्माले बताए। रुकुम पश्चिममा चार र पश्चिममा चार गरी आठवटा खण्डमा बाँडिएको यस लोकमार्गको कालोपत्रे गर्न सातवटा खण्डमा ठेक्का सम्झौता भए पनि सदरमुकाम मुसिकोटको सेरिगाउँदेखि सानीभेरी गाउँपालिकाको हासिवाङसम्मको खण्ड बाँकी रहेको छ।

डीपीआर प्रक्रियामा ढिलाई हुँदा अहिलेसम्म रोकिएको यस खण्डको ठेक्का यसैवर्ष हुने इन्जिनियर शर्माले बताए। अन्य सात वटा खण्डको काम भने तीब्र रुपमा अघि बढेको उनको भनाइ छ। यस आर्थिक वर्षमा चारवटा खण्ड र अर्को आर्थिक वर्षमा बाँकी सबै खण्डको कालोपत्रे सकिने इन्जिनियर शर्माले जानकारी दिए। आफूहरुले पनि पहिलेभन्दा अहिले कामको गति बढेको महशुस गरेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए। बेलाबेलामा आयोजना र निर्माण कम्पनीलाई झक्झक्याएपछि कामले तीब्रता पाएको उनको भनाई छ।

लोकमार्ग अन्तर्गत रुकुम खण्डको काम सम्पन्न भएमा रुकुम पश्चिम जिल्ला जाजरकोटसँग जोडिने छ भने पूर्व बाग्लुङसंग जोडिनेछ। यसो हुदाँ पश्चिमबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म जान सहज हुने छ। त्यस्तै पूर्वलाई पर्यटकिय पोखरासंग लोकमार्गले जोड्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.