मुगुमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
![मुगुमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20190217102945_iPNM3CEV48.jpg)
मुगु : सदरमुकाम गमगढबाट मुगुम कार्मारोङ गाउँपालिका — ९ छाइलतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ ।
सोमबार अपरान्ह २ बजे व्यापारिक सामान बोकेर जाँदै गरेको भे १ त ७२४० नम्बरको ट्याक्टर गाँठे भन्ने स्थानमा रोक्ने क्रममा टायर अड्क्काउन ढङ्गा राख्न खोज्दा ब्याक आएको ट्याक्टरको टाएरले किचेर सहचालक लक्ष्मी उपाध्यायको मृत्यु भएको हो ।
ट्याक्टर चालक जुम्ला जिल्ला चन्दननाथ नगरपालिका—१२ का धन गिरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)