राष्ट्रपतिको चीन भ्रमण राजकीय

राष्ट्रपतिको चीन भ्रमण राजकीय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण राजकीय हुने भएको छ।  बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन जान लागेकी हुन्। 

चीनले राष्ट्रपतिको भ्रमणलाई उच्च सम्मान गर्दै राजकीय बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा साँझसम्म विज्ञप्ति सार्वजनिक हुने स्रोतको दाबी छ। 

राष्ट्रपति भण्डारी अप्रिल २६ र २७ मा हुने बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा विशेष निम्तालुका रूपमा २४ तारिख बेइजिङ जान लागेकी हुन्। 

प्रधानमन्त्रीलाई पटकपटक रातो कार्पेट ओछ्याएको भए पनि चीनले गणतन्त्रयता राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत गरेको छैन। बीआरआईमा १ सय २४ मुलुक र २९ संघसंथाका उच्चस्तरका प्रतिनिधिको सहभागिता रहनेछ। 

यो सम्मेलन अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय जमघट हुने बताइएको छ। यसमा राष्ट्रपति सीले राष्ट्र एवं सरकार प्रमुखका रूपमा छुट्टै सम्बोधन र छलफल गर्ने कार्यक्रम छ। त्यसबाहेक केही मुलुकका राष्ट्र एवं सरकार प्रमुखलाई छुट्टै राजकीय र औपचारिक भ्रमणको सूचीमा राखेको छ।

बीआरआईमार्फत चीनको चुङछोङबाट लाओस, भियतनाम, थाइल्यान्ड हुँदै माल्दिभ्स र सिंगापुरको करिडोर बनिरहेको छ। 

बीआरआईमार्फत विश्वमा स्थल, जल, रेल र हवाई नेटवर्कको बलियो उपस्थिति चीनले जनाउन लागेको हो। सम्मेलन सुझाव र सहकार्यका लागि हुन लागेको बताइएको छ। अन्तरदेशीय, क्षेत्रीय हुँदै आपसी सहकार्यमा अघि बढ्नुपर्ने चिनियाँ जोड छ।

राष्ट्रपति भण्डारीको भ्रमणमा चीनसँग रेलमार्गमा चीनको अनुदानबारे पहल हुने सम्भावना रहेको अधिकारीहरूले बताए। 

सन् १९७८ मा देङ सियाओ पिङले नेपाल भ्रमण गर्दा सहयोगभन्दा साझेदारीमा चीनले जोड दिइएको थियो। नेपाल सहयोगमा बल गरिरहेको अवस्थामा अब चीनले आफ्नो मोडललाई परिवर्तन गर्दै साझेदारीमा अग्रसर हुने संकेत गरेको छ। त्यही संकेत यो भ्रमणमा देखिने जानकारहरू बताउँछन्। प्रधानमन्त्रीको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको पाटोका विषयमा पनि छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.