जीप दुर्घटनामा ५ घाइते
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-२ महामण्डलमा सवारी दुर्घटना हुँदा यात्रारत पाँचजना घाइते भएका छन्।नेपाल टेलिकमको सामान बोकेको बा७च ९१८० नम्बरको बोलेरो जीप टेलिफोन टावर नजिकै दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा घाइते हुनेमा नुवाकोटको बिदुर नगरपालिका-२ कालिकाकोटका ५० वर्षीय कोषबहादुर बानियाँ, सिन्धुपाल्चोकका देव लामा, सानो कान्छा तामाङ, पर्साका प्रविण खड्का, जनकपुरका निरोजकुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।घाइतेको स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ।
घाइतेको उपचार जारी रहेको छ भने मध्ये सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !