करअधिकृतसहित दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
![करअधिकृतसहित दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा](https://annapurnapost.prixacdn.net/media/albums/Akhtiyar-Commission-for-the-Investigation-of-Abuse-of-Authority_20180923023236_2019022700.jpg)
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय जगातीका कर अधिकृत नवराज भट्टराईसहित दुई कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ। कर अधिकृत भट्टराई र नायव सुब्बा सबिन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
सुब्बा सुवेदीले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न पश्चात नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिइरहेका अवस्थामा पक्राउ परेका थिए। सुब्बामाथि अनुसन्धान हुँदा कर अधिकृत भट्टराईको पनि संलग्नता पाइएपछि उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो।
उनले मूल्य अभिबृद्धि कर समायोजन पत्र बनाउने क्रममा आफ्नो कार्यकक्षमा निवेदक समेतसँगै रहँदा घुस रकम प्राप्त हुने निश्चित भए पश्चात मुअकर समायोजन पत्र बनाई दस्तखत गरिदिएको पाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)