विद्यार्थी भर्ना भएपछि महानगरपालिकाको शुल्क वृद्धि स्थगित
काठमाडौं : काठमाडौं महानगरपालिकाले यसअघि बढाएको शुल्क तत्काल स्थगित गर्ने निर्णय गरेको छ। विद्यार्थी अभिभावकलाई चर्को भार पर्नेगरी शुल्क बढाएको भन्दै विरोध भएपछि बढेको शुल्क स्थगित गरिएको हो।
तर शैक्षित्र सत्र शुरु भएसँगै विद्यालय सञ्चालकले विद्यार्थीसँग वृद्धि भए अनुसारको शुल्क लिइसकेपछि स्थगित गरिएका कारण यो प्रभावहिन हुने देखिएको छ। विद्यार्थी अभिभावको आरोपबाट मुक्ति पाउनको लागि मात्र शुल्क स्थगितको नाटक मञ्चन गरिएको आरोप महानगरपालिकालाई लागेको छ।
महानगरपासिलकाले २७ प्रतिशत शुल्क वृद्धि गर्न सहमति दिएको भन्दै विद्यालय सञ्चालकले विद्यार्थीबाट शुल्क उठाएका थिए।
पदाधिकारीलाई समेत जानकारी नदिई महानगरपालिकाको शिक्षा विभागले शुल्क बढाएकोले तत्कालका लागि स्थगित गरिएको महानगरपालिकालको प्रवक्ता ईश्वरमान डंगोलले बताए।
‘यसअघि हामीले आधिकारिक रुपमा शुल्क नै बढाएका छैनौं। कति शुल्क बढाउनुपर्ला भनेर सरोकारवालासँग छलफल गर्ने निर्णय हामीले गरेका छौं’, उनले भने, ‘यसअघि शुल्क वृद्धि गरेर उ्ठाएका विद्यालयलाई फिर्ता गर्न वा मासिक शुल्कमा समायोजना गर्न परिपत्र गर्छौ।’
प्रतिक्रिया दिनुहोस !