क्यानभास बाहिरको पेन्टिङ

क्यानभास बाहिरको पेन्टिङ

काठमाडौं : नौ वटा अन्डा भुइँमा राखिन्छ। आर्टिस्ट सौरगंगा दर्शनधारी त्यसलाई जमिनमा लडिबुडी गराउँछिन्। अन्डाहरू एकअर्कामा ठोकिएर भुइँभरि छरपस्ट हुन्छन्। सौरगंगा त्यसलाई फेरि एकत्रित गछिन्। राता सिताराहरू छर्दै उनी अन्डालाई आफ्नो कोखबाट फेरि जमिनतिर गुडाउँछिन्। हातमा फुटेका अन्डा समाउँदै उनी दर्शकदीर्घामा उक्त अन्डा फ्यालिदिन्छिन्।

नेपाल आर्ट काउन्सिलमा बिहीबार प्रदर्शन गरिएको यो कलाले दर्शकलाई अवाक बनाउँछ। यस किसिमको प्रर्फमेन्स आर्टको भाव बुझ्न कतिपयलाई गाह्रो भएको थियो। दर्शनधारीले यस किसिमको आर्टबाट महिलाको गर्भधारण गर्दाको अवस्थालाई देखाउन खोजेकी छन्।

क्यानभासको कागजभन्दा बाहिर आएर गरिने यस्तो आर्ट नेपालका लागि नयाँ हो। कलाकार विजय महर्जनका अनुसार अन्तर्राष्ट्रिय जगत्मा क्यानभासमा गरिने आर्टलाई पुरोनो शैलीको आर्ट मानिन्छ। भन्छन्, ‘अरू देशहरूले प्रविधिसँग आर्ट गर्न थालिसकेका छन्।’ नेपालमा भने प्रर्फमेन्स आर्ट नौलो प्रस्तुति हो।

रंगहरूलाई कुचीको माध्यमबाट कुनै वस्तुको आकार दिएर बनाइएको चित्रकलामात्र सम्पूर्ण कलाकृति नभएको यस किसिमको आर्टले बुझाउन खोजेको छ। दर्शनधारी भन्छिन्, ‘यो आर्टबाट मैले नदेखिने सम्बन्धलाई देखाउन खोजेको छु।’ उनले आमा र उसको गर्भमा हुर्किरहेको शिशुबीचको नातालाई आफ्नो प्रस्तुतिबाट झल्काएकी हुन्।

आमालाई जननीको रूपमा देखाउन र उसको मातृत्वलाई महसुस गराउन क्यानभासभन्दा बाहिर आएर काम गर्नुपर्ने भएकाले दर्शनधारीले प्रफरमेन्स आर्टको सहारा लिएकी हुन्। कलाकार दर्शनधारीले भिजुअल आर्ट र प्रिन्ट मेकिङमा काम गर्दै आएकी छन्। फाइन आर्टमा स्नातक गरेकी दर्शनधारीले प्रिन्ट मेकिङमा स्नातकोत्तर गरेकी छन्। उनी प्रकृति र जीवनसँग नजिक भएर कला सिर्जना गर्न रुचाउँछिन्।

‘सिर्जना २०१९ अ कलेक्टिभ आर्ट सो’ मा मूर्ति रचना, इन्स्टलेसन आर्ट, पर्फरमेन्स, फोटोग्राफी तथा डिजिटल आर्ट गरी कुल ९७ कलाकृतिहरू समाविष्ट गरिएको थियो। जसमा सुलोचना गोपाली डंगोलले शास्त्रीय नृत्य गरेर आफ्नो कला प्रस्तुत गरेकी थिइन् भने सुजता बर्माले शास्त्रीय संगीत प्रस्तुत गरेकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.