चट्याङले घर जल्यो
वैशाख १५, २०७६ आइतबार १७:२८:०
राजविराज : वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बर्साइनस्थित एक घरमा आइतबार आगलागी भएको छ।
बोदे बर्साइन नगरपालिका- ६ बस्ने बद्री साहको जस्ताको छाना भएको घरमा चट्याङ लागी आगलागी हुँदा घर र घरभित्र रहेका कपडा, अन्नपात र काठ जलेर नष्ट भएको छ। आगोलाई स्थानीयले नियन्त्रणमा लिएका हुन्।