१२ वर्षीय बालक अपहृत

१२ वर्षीय बालक अपहृत

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादव अपहरणमा परेका छन्। मोटरसाइकलमा आएका व्यक्तिले शनिबार राति आफ्नो विवाह भइरहेको स्थलबाट भाञ्जालाई अपहरण गरेको भोलेन्द्र यादवले बताए। महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र र नर्घोकी मनीषकुमारी यादवबीच स्वयम्बर भइरहेको थियो। आफ्नै गाउँमा भइरहेको मामाको बिहेमा लक्ष्मण जन्ती आएका थिए।

भोलेन्द्र प्रहरी जवान हुन्। उनी आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइपुगेका छन्। उनले अपहृत बालकको हुलिया जाहेरी दिँदै खोजीका लागि प्रहरीसँग गुहार मागे। स्थानीयका अनुसार भोलेन्द्रको यो दोस्रो विवाह हो। यसअघि डिमनकी अनुदेवी यादवसँग उनको विवाह भएको थियो। एक वर्षअघि अनुसँग सम्बन्धविच्छेद भएको थियो। उनीसँगको रिसइबी साँध्न बालकको अपहरण भएको स्थानीयको अनुमान छ।

आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति र समूहले आफ्नो स्वार्थ पूरा गर्न बालकको अपहरण गर्ने घटना बढेको क्रेस नेपालका उपेन्द्र साहले बताए। सप्तरीमा बालबालिका हराउने र अपहरणमा पर्नेको संख्या बढेको प्रहरी तथ्यांकले देखाएको छ। जिल्ला प्रहरीका अनुसार आव २०७५/७६ मा नौ बालक तथा ४४ बालिका हराएको उजुरी परेको छ। हराएकामध्ये एक बालक र १४ बालिका मात्र फेला परेको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्चार्ज रीता पौडेलले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.