राष्ट्रपति भण्डारी-सी भेटवार्ता केहीबेरपछि

राष्ट्रपति भण्डारी-सी भेटवार्ता केहीबेरपछि

बेइजिङ : चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह नेपाली कलाकार अरनिकोले बनाएको श्वेत चैत्यको अवलोकन गरकी छिन्। राजधानी बेइजिङको केन्द्रभागमा रहेको यो श्वेत चैत्य नेपाल र चीनबीचको एउटा मित्रताको प्रतीक हो। यो नेपालका राष्ट्रिय विभूति अरनिकोले सन् १२७९ मा बनाएका हुन्।

यसलाई चिनियाँ भाषामा ‘पाइथा सा’ भनिन्छ। यहाँ  ठाउँमा प्रवेश गर्न नेपालीबाहेक सबैले टिकट काट्नुपर्छ नेपालीले भने राहदानी देखाएर निशुल्क प्रवेश पाउँछन्।  यस श्वेत चैत्यको अगाडी कलाकार अरनिकोको सालिक स्थापना गरिएको छ । सालिक अगाडि राष्ट्रपति भण्डारीले तस्वीर खिचाएकी छिन्। यसअघि उनले माओको समाधिस्थलमा पुगेर पुष्प गुच्छा अर्पण गरेकी थिइन् ।

अबको केही बेरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उनको दुईपक्षीय भेटवार्ता हुनेछ । यसअघि उनको सम्मानार्थ सलामी हुनेछ । भेटवार्तामा सात बुदे सहमति हुने स्रोतहरुले जनाएको छन । त्यहाँ पारवहन तथा यातायात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताइसकेका छन । त्यसबाहेक सूचना आदनप्रदान, सम्पादाको चोरी निकासी नियन्त्रणमा सहकार्य, नापतौत तथा गुणस्तार, भन्सार व्यवस्थालगायतका विषय छलफल हुने उनले बताएका थिए ।  

यी सँगै चीनले आफ्ना सीमा जोडिएका जिल्लाहरुका जनताको जीवनस्तर उकास्ने विषयमासमेत चासो राखेर त्यसमा सहयोग गर्ने विषय उल्लेख रहेको दूतावासले जनाएको छ । परियोजनाहरु सुधारका लगि आवशयक पर्ने सहयोगको बारेमासमेत सहमति हुने दूतावास स्रोतको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.