बारा–पर्सामा २१ गतेबाट घर निर्माणकार्य थालिने

बारा–पर्सामा २१ गतेबाट घर निर्माणकार्य थालिने

वीरगन्ज : बारा–पर्साका हावाहुरीबाट प्रभावित क्षेत्रमा सरकारले आगामी २१ गतेबाट घर निर्माणकार्य सुरु गर्ने भएको छ। चैत १७ गतेको हावाहुरीले क्षती पुर्‍याएका १ हजार ४५३ घर संघीय सरकारले निर्माण गर्न लागेको हो। 

संघीय सरकारले घर निर्माणको जिम्मा नेपाली सेनालाई दिइसकेको छ। घर निर्माणका लागि संघीय सरकारले ८४ करोड ६८ लाख ७६ हजार रकम सेनालाई उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ।

बाराको फेटा गाँउपालिका–६ पुरैनियामा सोमबार नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापासँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि स्थलगत निरिक्षण गरेका छन्। उनले बैशाख २१ गते प्रधानमन्त्री ओलीले घर निर्माण कार्यको शुभाम्भ गर्ने जानकारी गराए।

नेपाली सेनाको हेलिकप्टरबाट सोमबार दिउँसो रक्षामन्त्री पोखरेल, प्रधानसेनापति पुर्ण चन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डे लगायतको टोलीले पुरैनियाको स्थलगत निरीक्षाण गरेको हो।
 घर निर्माणकाे जिम्मा पाएको नेपाली सेनाले १२ वटा समूह अर्थात क्लस्टर बनाएर काम सुरु गर्ने जनाएको छ। जसमा बारामा ३ र पर्सामा ९ वटा क्लस्टर रहने छन्।

नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले प्रभावित क्षेत्रमा घर बनाउन खटिने सेनाको टोली गत शनिवार नै पठाइसकेको बताए। पहिले घर निर्माणका लागिआवश्यक सबै सामान जुटाउने र त्यसपछि काम सुरु गरिने जानकारी उनले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.