असिना पानीले तरकारीबाली नोक्सान
पोखरा : पोखरामा सोमबार दिउँसो परेको असिनापानीले तरकारीबाली, लहरे बाली र फलफूल खेती नष्ट गरेको छ।
पोखराको तरकारी उत्पादनका लागि पकेट क्षेत्र मध्येको एक मालेपाटनमा असिनाले तरकारी बालीमा सबैभन्दा धेरै नोक्सान पुर्याएको पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनोहर कडेरियाले जानकारी दिए।
असिनापानीले सबैभन्दा धेरै पोखराको मुख्य बजार क्षेत्र मासवार, बैदाम, मालेपाटन लगायतका क्षेत्रमा असर पारेको उनले बताए।
असिनाका कारण आँप, लिची, सुन्तला लगायतका फलफूल खेतीलाई पनि असर पारेको छ। क्षतिको विवरण भने आउन बाँकी रहेको उनको भनाइ छ। ठूलो वर्षाका कारण पोखराका मुख्य सडक खोलाजस्तै देखिएका थिए।
प्रतिक्रिया दिनुहोस !