अर्घाखाँचीमा जीप दुर्घटना, एकजनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना, एकजनाको मृत्यु

सन्धिखर्क : अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका ५ जुकेनाको फुर्सामाटामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

ठाडाबाट जलुके हुँदै प्यूठानको कोल्बोट जाँदै गरेको ग १ ज ४८७६ नम्बरको जीप जुकेनाको फुर्सामाटामा देउरालीमा दुर्घटना हुँदा कपिलवस्तुका शिवराज नगरपालिका ५ चन्द्रौटाकी १८ वर्षीया सीता उपाध्याय गम्भीर घाइते भएकी थिइन्।   

घाइते उपाध्यायलाई उपचारका लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। जीपमा १० जना सवार थिए। अरु यात्रु घाइते नभएको प्रहरीले जनाएको छ।  जीफप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.