मोटरसाइकलको ठक्करले साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करले साइकलयात्रीको मृत्यु

राजविराज : मोटरसाइकलको ठक्करले घाइते साइकल यात्री सप्तरीको शम्भुनाथ नगरपालिका ८ का ६५ वर्षीय हरिहर मण्डलको मृत्यु भएको छ।

सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीको खडक नगरपालिका ७ स्थित पूर्व–पश्चिम राजमार्गमा भसराज मावि अगाडि पूर्वबाट पश्चिम जाँदै गरेको बा६५प १३१ नम्बरको मोटरसाइकलले पछाडिबाट साइकललाई सोमबार राति ठक्कर दिएको थियो।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.