क्रसरले बनाएको दहमा डुबेर बालिकाको मृत्यु

क्रसरले बनाएको दहमा डुबेर बालिकाको मृत्यु

मकवानपुर : मकवानपुरको मनहरीमा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। मनहरीस्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत मनहरी गाउँपालिका ७ लामाबस्तीकी १३ वर्षीया सिर्जना मुक्तानको मनहरी खोलामा क्रसरले खनेको खाल्डोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो।

उनी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्थिन्। गिटी, बालुवा उत्खननका लागि एक्साभेटरले खाल्डो खनेको स्थानबाट बगेको पानीमा डुब्दा मुक्तानको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र पनेरुले बताए। 

पौडी खेल्न गएका चारजनामध्ये एकजना हराएपछि उनीसँग गएका साथीहरुले घरमा खबर गरेका थिए। ‘स्थानीय, प्रहरी मिलेर खोज्ने क्रममा जमेको पानीको निकास खोल्दा उनको शव भेटियो।', प्रहरी निरीक्षक पनेरुले बताए।  

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.