पाटनमा यार्सा टिप्‍न विद्यार्थीलाई रोक

पाटनमा यार्सा टिप्‍न विद्यार्थीलाई रोक

जुम्ला : वैशाख लाग्नेबित्तिकै कर्णालीका अधिकांश नागरिक बहुमूल्य जडीबुटी यार्सा संकलन गर्न पाटन जाने गर्छन्। पाताराशी र गुठीचौर गाउँपालिकाका विद्यार्थी पढाइ छाडेर पाटनतिर जान थालेपछि पठनपाठन प्रभावित हुने गरेको छ।

हरेक वर्ष दुई गाउँपालिकाका विद्यालय नै ठप्प हुने भएपछि गाउँपालिकाले यस वर्ष बालबालिकालाई पाटन जान रोक लगाएको छ। तीन महिनाभित्र यार्सा टिपेर एउटै व्यक्तिले लाखौं कमाइ गर्ने लोभले जिल्लामा स्कुल पढ्ने बालबालिकादेखि शिक्षक र अभिभावक विद्यालय नै बन्द गरेर पाटन छिर्ने गरेका हुन्।

अभिभावकले पनि यार्साबाट मनग्य आम्दानी हुने भएपछि बालबालिकालाई साथमै लैजाने गरेका छन्। पाटन जाने विद्यार्थीलाई पाटनमा आफ्ना अभिभावकका दूधे बच्चा हेर्ने, खाना पकाउने वा यार्र्सा खोज्ने काममा लगाइन्छ। तीन/तीन महिनासम्म विद्यार्थी पाटन बस्दा उनीहरूको शिक्षा तथा स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो। गाउँपालिकाले विद्यार्थीलाई यार्सा टिप्न रोक लगाउने विषयमा विद्यार्थी र अभिभावकसँग छलफल चलाउन प्रत्येक विद्यालयलाई परिपत्रसमेत गरेको छ।

गाउँपालिकाले अनुगमन र निरीक्षणपछि पालिकामा रहेका सबै विद्यालयमा शैक्षिक अभियान चलाएको छ। अभियान क्रममा सडक नाटकमार्फत विद्यार्थीलाई पाटन नपठाउन अभिभावकलाई आग्रह गर्दै पाटनमा हुन सक्ने घटनाबारे सचेत गराइएको छ।

विद्यार्थी पाटन लैजाने अभिभावकलाई समेत गाउँ शिक्षा समितिले जरिवाना गर्ने।

पाताराशीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले भने, ‘विद्यार्थीले पाटनमा पैसा त कमाउँछन् तर पढाइ बिगारेपछि उनीहरूको भविष्य के होला ? ’ उनका अनुसार पालिकाको निर्णय अवज्ञा गरी विद्यार्थी पाटन लैजाने अभिभावकलाई समेत गाउँ शिक्षा समितिको बैठकले जरिवाना गर्नेछ। पाताराशी गाउँपालिकामा विद्यालयमा विद्यार्थी भर्ना हुने दर तथा भर्नापछि विद्यार्थी टिक्ने दर न्यून छ।

शैक्षिक अवस्थालाई सुधार्न विद्यार्थीलाई पाटन लैजाने चलनमा रोक लगाउनुपरेको गाउँपालिका अध्यक्ष लक्षीमन बोहराले बताए। ‘विद्यार्थीले यार्सा टिपेर कमाएको पैसा न उनीहरूको शिक्षामा लगानी हुन्छ न त विद्यालयको पठनपाठन सुध्रिन्छ’, उनले भने, ‘यस विषयमा गाउँपालिका निकै गम्भीर छ, विद्यार्थी रोक्न हामीले घरदैलो कार्यक्रम पनि गरेका छौं, गाउँपालिकाको निर्णय अवज्ञा गरे कारबाही पनि चलाउनेछौं।’

विद्यालय खाली गरेर यार्सा टिप्न विद्यार्थीलाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न घरदैलो तथा शैक्षिक अभियानले सहयोग पुग्नेछ। विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयको पहँुजमा ल्याउन पालिकाले पहल सुरु गरेको छ। माथाचौरमा रहेको गंगा माविबाट सुरु भएको अभियान ऋणमोक्ष मावि डिल्लीचौरमा अन्त्य गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.