बेलायतमा गैर आवासीय नेपाली नागरिकता बहस

बेलायतमा गैर आवासीय नेपाली नागरिकता बहस

काठमाडौं : संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकताको विषयलाई प्रमुख मुद्दा बनाएर एनआरएनका शीर्ष नेतृत्वले बेलायतमा बहस गर्ने भएका छन्।

 गैर आवासी नेपालीका मुख्य–मुख्य व्यक्तिको सहभागीतामा बेलायतमा बहस हुन लागेको हो। ट्वान्टीफोर न्युज प्रेस डटकमले वार्षिकोत्सवको अवसरमा एनआरएनएसँग मिलेर जेठ ११ गते यस्तो बहसको आयोजना गरेको हो। 

कार्यक्रममा एनआरएन नागरिकताको सवाल, राष्ट्र विकासमा एनआरएनको आर्थिक लगानी, नेपाली कला, संस्कृति र सभ्यताको नयाँ पुस्तामा हस्तान्तरण, गोर्खाको गौरव र चुनौतीलगायतका एजेन्डामा बहस हुने आयोजकको भनाइ छ। 

एनआरएनए बेलायतका उपमहासचिव विनय अधिकारीका अनुसार बहसमा एनआरएनएका नेता र राजदूतको सहभागीता रहनेछ। 

बहसमा पत्रकार महासंघ, नेपाल प्रेस युनियन र एपीवान टेलीभिजनका केही पत्रकार सहभागी हुने अधिकारीले बताए। दुई चरणमा सम्पन्न हुने  कार्यक्रममा पहिलो चरणमा बहस र दोस्रो चरणमा प्रोत्साहन कार्यक्रम रहनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.